• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोर्चाद्वारा भारदहमा कुकुर जुलुश प्रदर्शन

मोर्चाद्वारा भारदहमा कुकुर जुलुश प्रदर्शन

राजबिराज, २१ असोज ।

सप्तरीको भारदहमा बिहीवार मधेसी मोर्चाले कुकुर जुलुस प्रदर्शन गरेका छन् ।

आन्दोलनकारीहरुले गाउभरिका कुकुरहरुको भेला गरी तीन दलका शिर्ष नेताहरुको तस्विरको प्लेकार्ड झुण्ड्याएर प्रदर्शन गरेका छन् । जुलुसमा सहभागी कुकुरहरुको घाँटीमा कांग्रेसका अध्यक्ष सुशील कोईराला, कृष्ण सिटौला, एमालेका केपी ओली, बामदेव गौतम, भीम रावल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुको तस्विर अंकित प्लेकार्ड झुण्डियाईएको थियो ।

भारदह चौकबाट निस्केको कुकुर जुलुस भारदह बजार परिक्रमा गरी स्थानिय शहिद चौकमा कोण सभा गरेका छन । सभालाई नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष बिकास कुमार तिवारी, फोरम नेपालका नेता पर्शूराम यादव, कोशलेन्द्र यादव, शिक्षक संघका जगदीश यादव, शिक्षक फोरमका शिवशंकर मण्डल, श्यामदेव यादवलगायतले माग पुरा नभएसम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिए ।