
दिल्ली, २० असोज ।
दिल्लीमा मधेशी विद्यार्थीहरु माथि पहाडी समुदायका युवाहरुले हातपात गरेका छन् । बुधवार विपी कोइराला नेपाल भारत फाउण्डेसनद्धारा संवैधानिक कल्व अफ इन्डियामा आयोजित कार्यक्रममा भेला भएका पहाडी समुदायका युवाहरुले मधेशी युवाहरु माथि हातपात गरेका हुन । कार्यक्रममा भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्याय लगायतका वक्ताहरु बोल्ने कार्यक्रममा मधेशी युवाहरुले कालो झण्डा देखाउन खोज्दा उनीहरुलाई माथि हातपात भएको छ ।
भारतीय समाचार संस्था दि टाइम्स अफ इन्डियाले जनाए अनुसार मधेशी विद्यार्थीहरुले कालो झण्डा देखाउन खोज्दा हातपात भएको जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
(via todaykhabar.com FACEBOOK)