• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेशी मोर्चा र थारु कल्याणकारिणी बीच कार्यगत एकता

नाकाबन्दीलाई थप सशक्त बनाउन कार्य विभाजन

राजविराज, १८ असोज ।

जारी आन्दोलनलाई थप सशक्त बनाउनका लागि मधेशी मोर्चा सप्तरी र थारु कल्याणकारिणी सभा बीच कार्यगत एकता भएको छ ।

सप्तरीको कल्याणपुरमा मधेशी मोर्चाका संयोजक रामप्रित यादव तथा थारु कल्याणकारिणी सभाका सभापति अरुणकुमार चौधरीको संयुक्त अध्यक्षतामा सोमवार सम्पन्न बैठकले कार्यगत गर्ने निर्णय गरेको हो । उक्त बैठकले राजमार्गमा नाकाबन्दीलाई थप सशक्त बनाउनकालागि तीन स्थानमा नाकाबन्दी गर्ने निर्णय गरेको छ ।

सप्तरीको भारदह, कठौना र कदमाहामा राजमार्ग ठप्प पार्ने निर्णय गरेको छ । उक्त कार्यलाई व्यवस्थित गर्न कठौना नाकामा विनोद चौधरी, मुकेश कर्ण, विनोद सिंह, अरुणकुमार चौधरी, योगेन्द्र यादव, बौली चौधरी, उम्देश्वर साह, दिनेश कुमार यादव, धर्मेन्द्र मण्डल, छेदीलाल चौधरी, हरेकृष्ण भगत, दुर्गानन्द मण्डललाई जिम्मेवारी दिइएको छ । यस्तै कदमाहा नाकामा चन्द्रभुषण चौधरी, मुक्तिनाथ चौधरी, महेन्द्र प्रसाद चौधरी, सुरेन्द्र प्रसाद चौधरी, अनिल कुमार चौधरी, शुभकलाल महतो, गुलजार मियाँ, अयुव राइन, रामाकान्त चौधरी, इस्लाम मियाँ र झबर रामलाई जिम्मेवारी तोकिएको छ । यस्तै भारदह नाकामा विरेन्द्र माझीको नाम तोकिए पनि अन्यको नाम छलफलबाट तय गरिने जनाइएको छ ।
आन्दोलनका क्रममा थारु–मधेशी एकता जिन्दावाद, जय थरुहट जय मधेशको नारा कायम गरिएको मोर्चाका संयोजक रामप्रित यादवले जानकारी दिए । बैठकमा अन्य जिल्लासँग पनि समन्वय र सम्पर्क गरी राजमार्ग ठप्प पार्ने कार्यक्रमलाई सशक्त बनाउन छिमेकी जिल्लासँग समन्वय गर्ने निर्णय गरिएको छ ।

छिमेकी जिल्लासँग समन्वय गर्नका लागि रामाकान्त चौधरी संयोजक रहने गरी सदस्यहरुमा  रेणु यादव, मृगेन्द्र कुमार सिंह, शैलेन्द्र प्रसाद साह, गजेन्द्र कुमार मण्डल, जयप्रकाश ठाकुर, सूर्यनाथ यादव, रघुकुमार सिंह थारु, बौली चौधरी, मुक्तिनाथ चौधरी, नरेन्द्र प्रसाद यादव र महेन्द्र प्रसाद चौधरी रहेका छन् ।