• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, १८ असोज ।

संयुक्त मधेशी मुक्ति मोर्चाद्वारा सप्तरीको कञ्चनरुप नगरपालिकामा सोमवार साँझ धोती जुलुस प्रदर्शन गरिएको छ ।

कञ्चनपुर बेरियरबाट निकालिएको धोती जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै रुपनगर पुगेर सभामा परिणत भएको थियो । संघीय समाजवादी फोरम नेपालका भुवनेश्वर यादव, रामेश्वर यादव, कपिलमुनी घिमिरेलगायतका वक्ताहरुले सम्बोधन गरेका छन् ।