राजविराज, १८ असोज ।
मधेश मुक्ति टाइगर्स तराईका केन्द्रीय अध्यक्ष राजन प्रताप ‘प्रफुल्ल’ले चार दर्जनले सहादत दिईसक्दा पनि राज्यपक्ष गम्भीर नभएको भन्दै शान्तिपूर्ण आन्दोलनबाट मधेशी जनताको अधिकार सुनिश्चित नहुने बताएका छन् ।
न्यूज टुडेसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशीहरु गौतम, जनक, बिराटको सन्तान भएको भन्दै हालसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएको चर्चा गर्दै अब आन्दोलन थप सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । ‘शान्तिपूर्ण आन्दोलनमा राज्यपक्ष हिंसक भएर प्रस्तुत भइरहेको छ, त्यसैले त्यसको प्रतिकार हुनु जरुरी छ’ उनले भने ‘आठ बुँदे र २२ बुँदे सम्झौता पनि कार्यान्यन हुन नदिने नेपालका प्रमुख तीन दल सक्रिय छ ।