राजविराज, १५ असोज ।
स्वायत मधेशसहितको माग राख्दै जारी आन्दोलनलाई निरन्तरता दिने क्रममा शुक्रवार पनि राजविराजमा विरोधसभाको आयोजना गरिएको छ ।
राजविराज स्थित सहीद दशन चौकमा आयोजित सभामा बोल्दै वक्ताहरुले माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । ग्रामिण भेगबाट आएका सर्वसाधारण जनतासमेतको सहभागितामा आयोजित उक्त सभामा सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादव, तराई मधेश लोकतान्त्रिक पार्टी जिल्ला सचिव बौवालाल शर्मा, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, तराई मधेश सद्भावना पार्टीका दिपेन्द्र कुमार यादव, फोरम लोकतान्त्रिककी बिन्दु यादव, तराई मधेश राष्ट्रिय अभियानका भोला मुखिया, फोरम गणतान्त्रिकका नरेन्द्र यादव, त्रिपुरेश्वर ठाकुर, नेकपा–माओवादीका रामगमन साह, नेपाल सद्भावना पार्टीकी साबित्री पंडित, रामकिसुन यादव, पञ्चदेव यादव, चन्द्रनारायण यादव, गंगा प्रसाद ठाकुर, राजेश कुमार झा, सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवलगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका छन् ।