• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कञ्चनरुप नपामा अर्धनग्‍न र्‍याली

कञ्चनरुप, १५ असोज ।

मधेशी मुक्ति मोर्चाद्वारा कञ्चनरुप नगरपालिकामा शुक्रवार अर्धनग्न ¥याली प्रदर्शन गरियो ।

र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा पश्चात विरोध सभामा परिणत भएको थियो । कञ्चनपुर बजारका संयोजक अनुज कुमार बहरखेरको नेतृत्वमा सम्पन्न कोणसभामा शिक्षक सागर चौधरी, आम मूल निवासी मुक्ति मोर्चाका केन्द्रीय सदस्य मंगल परियार, सद्भावना पार्टीका देवनारायण दासलगायतका वक्ताहरुले मधेशको माँग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।