• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोर्चाद्वारा शंख बजाउँदै थाल ठटाएर विरोध प्रदर्शन

मोर्चाद्वारा शंख बजाउँदै थाल ठटाएर विरोध प्रदर्शन

राजविराज असोज १५ ।

आन्दोलनलाई आकर्षक बनाउन संयुक्त मधेशी मोर्चा सप्तरीले शुक्रवार सदरमुकाम राजविराजमा शंख बजाएर तथा थाल ठटाएर विरोध प्रदर्शन गरेको छ ।

स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको जुलुस नगरको विभिन्न भागमा शंख फुक्दै घण्टा र थाल ठटाएर विरोध प्रदर्शन गरिएको हो । उक्त जुलुस नगरको विभिन्न भागमा परिक्रमा पश्चात आयोजित विरोध सभाका सहभागी वक्ताहरुले मधेशको माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

Morcha_Sankh_rally1

यसैगरी सप्तरीको छिन्नमस्ता गाविसमा अध्ययनरत स्कूले बालबालिकाहरुले शुक्रबार लालटेन, ढोलक, थाली जुलुस प्रदर्शन गरेका छन् । वर्तमान सरकार बहिरो र अन्धो भएकोले मधेशका कुरा नसुन्ने गरेका कारण कानमै आवाज जाओस भन्ने सांकेतिक रुपमा विरोध स्वरुप कार्यक्रमको आयोजना गरिएको थियो ।

त्रिमुर्ती रेसिडेन्सियल स्कूल सखडा, छिन्नमस्ता बोडिङ्ग स्कूल, स्वाती मिसन प्राइमरी  स्कूलका छात्र–छात्रा सहभागी जुलुस छिन्नमस्ता, लालापट्टी, महुवा, गोविन्दपुर, न्यौर भन्सार लगायतका क्षेत्रको परिक्रमा गरेको थियो ।

उक्त जुलुसको नेतृत्व प्रिन्सिपल जयप्रकाश यादव, बाबुनारायण मण्डल, प्रमोद पण्डित लगायतका शिक्षकहरुले नेतृत्व गरेका थिए । उक्त जुलुसले अवसरमा नेपाल र भारतको मित्रता अमर रहोस् भन्ने नारा लगाएका थिए ।