• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कञ्चनरुप, १५ असोज ।

कञ्चनरुप नगरपालिका वडा नम्वर ५ स्थित रहेको सरस्वती पुस्तक पसलमा विहीबार राती चोरी भएको छ ।
राती २ बजेको समयमा पसलबाट नगद ४० हजार रुपैयाँ, पुस्तक तथा खेलकुद सामग्रीलगायतका सर–सामानहरु चोरी भएको हो । यसैगरी सुमित फार्मेसीमा समेत ताल्चा फुटाई नगद २ हजारसहित औषधीहरु समेत चोरी भएका छन् । त्यसैगरी सुदेमा चश्मा पसलको ताल्चा समेत फुटाईएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसैगरी राजविराज स्थित मेन रोडमा रहेको कपलेश्वर साहको पान पसलमा बिहीबार राती चोरी भएको छ ।

पसलको ताल्चा फुटाएर चोरले रिचार्ज कार्ड, पान पराग, रजनीगन्धा तथा नगद १५ हजार गरी साठी हजारको चोरी भएको पसलधनी कपलेश्वर साहले बताएका छन् ।