• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ज्येष्ठ नागरिक संघद्वारा आन्दोलनमा ऐक्यवद्धता

राजविराज, १४ असोज । स्वायत मधेशसहितको माग राख्दै जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आन्दोलनरत पक्षको मागलाई अविलम्व सम्बोधन गर्न जिल्ला ज्येष्ठ नागरिक संघ सप्तरीले सरकारसँग आग्रह गरेको छ ।

संघका जिल्ला अध्यक्ष शिवहरि प्रसाद भट्टराईको अध्यक्षतामा बुधवार बसेको बैठकले यस्तो आग्रह गरेको हो । करिब सात हप्तादेखि जारी आन्दोलनका कारण मधेशसहित देशैभरिको जनजिवन कष्टकर बन्दा पनि सरकार मुकदर्शक बनेको भन्दै वार्ता र सम्वादबाट समस्याको निकास खोज्न संघले निर्णय गरेको सचिव बैद्यनाथ झाले जानकारी दिए ।