• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गोली र बारुदले मधेसको समस्या समाधान हुदैनः महतो

गोली र बारुदले मधेसको समस्या समाधान हुदैनः महतो

सोनु दास

मोरङ्ग, ९ माघ । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख तीन दलको खसवादी सोचका कारण वार्ता सफल हुन नसकेको बताएका छन् ।
रंगेली घटनामा मृत्यु भएका आफन्तलाई भेट्न शनिवार मोरङको रंगेली आएका महतोले नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको हठ र खसवादी सोचका कारण पटकपटकको वार्ता असफल भएको उल्लेख गरे । उनले सरकारले वार्ताको नाममा नौटंकी गरिरहेको आरोपसमेत लगाए ।
केपी ओली नेतृत्वको सरकारले आफैं वार्ता बिथोल्ने कार्य गरेको बताउँदै गोली र बारुद चलाएर मधेसको समस्या समाधान नहुने प्रस्ट पारे । उनले तराईमा मधेस र थरुहट गरी दुई प्रदेशसहित संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । महतोले रंगेली–४ स्थित मृतक द्रोपतीदेवी चौधरीको घरमा पुगेर पति किसनलाल र छोरा देवकुमारलाई समवेदना प्रकट गरेका छन् ।a