जुडशीतलमा ठुलाबडाको आर्शिवाद!

जुडशीतलमा ठुलाबडाको आर्शिवाद!
Bwtech New Add With Software & Bull SMS

राजविराज, २ वैशाख । नयाँ वर्षको आगमनसँगै सुरु हुने जुडशीतल (सिरुवा) पर्वको दोश्रो दिन आईतवार सप्तरी लगायत तराई–मधेशका जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईदैँ छ । प्रत्येक वर्ष वैशाख १ गतेदेखि सुरु हुने यो वर्ष शनिवार (हिजो) सतुवाईन गरी तराईका जिल्लाहरुमा धुमधामका साथ मनाईएको छ ।
आज एकाबिहानै देखि ठूलावडाहरुबाट टाउँकामा चिसो पानी थापेर आशिर्वाद ग्रहण गर्नुका साथै खानाको विभिन्न परिकार तथा पकवानहरु खाएर पर्व मनाईदैँ छ ।
यो पर्वमा खानाको विभिन्न परिकार तथा पकवानहरु बनाएर खानुका साथै आफ्न्त तथा ईष्टमित्रहरुलाई निमन्त्रणा गरेर खाना खुवाउने गरिन्छ । थारु समुदायमा सिरुवाको नामले मनाईने विशुद्ध रुपमा कृषि एवम् साँस्कृतिक पर्व सामाजिक सद्भाव, भाइचारा, आदर्श एवम् सम्बन्ध बिस्तार गर्ने पर्वको रुपमा रहेको छ ।
पाको उमेरका मान्छेहरुले आफूभन्दा सानाको टाउँकामा चिसो पानी राखेर आशिर्वाद दिने तथा आशिर्वाद थाप्नेले खुट्टा छोएर दण्डवत गर्ने परम्परा रहिआएको छ । पर्वको अवसरमा घर, आँगन सफा गर्नु, रुख–बिरुवामा पानी हाल्नुका साथै हिलो छ्याप्ने गरिएकोले वातावरणीय दृष्टिकोण पनि जुडशीतल पर्व महत्वपूर्ण मानिन्छन् ।
शिरुवा पर्वमा देउता र चुल्होलाई खानाको विभिन्न परिकार, आँपको टिकुलाको चटनी, दुध, दही आदी चढाउने गरिन्छ । यस रातमा खाना नपकाई चुल्होलाई आराम दिनुपर्ने धार्मिक मान्यता छ ।

Online Saptari
Online Saptari

About The Author