Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

चचरी पुल भत्किएपछि सिमा वारीवारीको यात्रा जोखिमपूर्ण

चचरी पुल भत्किएपछि सिमा वारीवारीको यात्रा जोखिमपूर्ण

राजविराज, १ वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी स्थित खोलाको चचरी (भाटे) पुल भत्किएपछि यतिवेला सर्वसाधारणको सिमा पार यात्रा जोखिमपुर्ण बनेको छ ।
वर्षौदेखि नेपाल–भारत ब्यापारीक, पारिवारीक र मैत्री सम्वन्ध धान्दै आएको पुल बनाउनेतर्फ कसैको ध्यान पुग्न नसक्दा सर्वसाधारण सास्ती खेप्न बाध्य भएका हुन् । ‘पुलबाट दैनिक हज्जारौं सर्वसाधारण वार–पार गरिरहेका छन्’ स्थानिय रामदेव यादवले भने–‘तर, पुल वनाउनेतर्फ कसैको ध्यान पुगेको छैन ।’ तिलाठी र कुनौलीको विचमा रहेको खाँडो खोला दुवै देशको सिमाना छ ।
यातायात तथा पैदल यात्राका लागि नदिको दुवैतर्फ सडक छन, तर नदीमा हालसम्म पनि पक्की पुल वनेको छैन । पैदल यात्रीका लागि वनाईएको भाटे पुल पनि भत्किएपछि यतिवेला जोखिम मोलेर खोलावाटै आवत–जावत गर्नुपर्ने बाध्यता छ । तिलाठि–कुनौली आवत–जावतका लागि वनाईएको भाटे पुल पनि सरकारी स्तरवाट बनाएको होईन । वर्षौअघि तिलाठि–कोईलाडि गाउँपालिका स्थित वेल्ही गाउँका जोखन रायले बनाएको पुलले हालसम्म दुई देशबीचको व्यापार, पारिवारीक सम्वन्ध र मित्रतालाई जोडेर राखेको छ ।
नेपाल र भारतका विचमा सयौं वर्षदेखि मैत्रीपुर्ण सम्वन्ध छ । खुल्ला सिमाका कारण विना रोक–टोक एक देशका नागरीक अर्को देशमा आवत–जावत गर्छन । सप्तरीको तिलाठी, लौनियाँ, सकरपुरा, बेल्ही, कोइलाडी, रम्पुरा, लोखरम, लालापट्टी, राजविराज, हनुमाननगर, कल्याणपुर, रुपनीसहित अधिकांश क्षेत्रका मानिस वजार भर्नकै लागि कुनौली जाने गरेका छन् । यति मात्र होईन, नेपाल र भारतीय क्षेत्रका नागरीकहरुका विचमा सरावरी विवाहवारी चल्छ ।
समान भाषा, भेसभुषा, संस्कार र संस्कृतिका कारण दुवै देशका नागरीकका विचमा पारिवारीक सम्वन्ध छ । तर, त्यो सम्वन्ध धान्नका लागि सरकारले हालसम्म एउटा पुल पनि वनाउन नसकेको भन्दै दुवैतर्फका स्थानीयहरु गुनासो गर्छन । ‘दुई देशका नागरीक भन्दा पनि पाहिला हामी विचमा पारिवारीक सम्वन्ध छ’ छिन्नमस्ता गाउँपालिका–१ का रामप्रसाद मण्डल भन्छन्–‘यसलाई आजसम्म नत देशको सिमानाले रोकेको छ नत सरकारले ?’ तर, रोटि–वेटिको यो सम्वन्ध जोगाउन दुवै देशको सरकार संवेदशिल हुन नसकेको उनले आरोप लगाए ।
नागरीकको सहुलियतका लागि पुल निर्माण गर्ने विषयमा कुनै पनि देशको सरकारले सोच नवनाएको भन्दै ब्यापारीक दृष्टिकोणले पनि तिलाठि–कुनौली जोड्न मैत्री पुल आवश्यक रहेको उनको भनाई छ ।
वर्षौअघिसम्म तिलाठी र आसपासका मानिसहरु डुंगा मार्फत खाँडो खोला वारपार गर्थे । पछि स्थानीय जमिनदारहरुको सहयोगमा जोखनले खोलामा भाटेपुल वनाए । पुल प्रयोग गरेबापत उनले स्थानीयहरुवाट वार्षिक रुपमा निश्चित परिमाणमा धान लिन्थे, जसवाट उनको परिवारको पालन पोषण हुँदै आएको थियो ।
जोखनको निधनपछि उनका छोरा छेदीले वावुको विँडो थामे । वर्षा याममा पुलको पुनरनिर्माण गर्ने र वारपार गर्नेहरुवाट पाएको अन्न र पैसाले परिवार पाल्दै आएका छेदीको पनि केहि वर्षअघि निधन भयो । अहिले छेदिका छोरा रामचन्द्रले पुर्खौली रुपमा चल्दै आएको पुल वनाउने कामलाई निरन्तरता दिदै आएका छन् । उनले आफनो अधिकांश समय पुलको रेखदेखमा खर्चिने गरेका छन् । पुल प्रयोग गरे वापत पाउने पैसा र अन्न नै उनको परिवार पाल्ने मुख्य श्रोत हो । यसका अतिरिक्त सामान्य खेतीपाती पनि गर्ने गरेको उनले वताए ।
‘पुल प्रयोग गरे वापत वाहिरी मान्छेले पैसा दिन्छन, स्थानीयले धान’ रामचन्द्रले भने–‘तर, पैसा लिदा यति नै दिनुपर्छ भनेर माग्ने गरेको र दिनै पर्छ भनेर जवरजस्ति गर्ने गरेको छैन ।’ उनले स्थानियवाट वार्षिक प्रतिपरिवार ८÷१० किलो धान र वाहिरवाट आउने मानिसवाट प्रतिब्यक्ति १० रुपैयाँ पाउने गरेका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।