मुख्यमन्त्री राउतद्वारा पुल शिलान्यास

मुख्यमन्त्री राउतद्वारा पुल शिलान्यास
Bwtech New Add With Software & Bull SMS

पर्सा, २८ फागुन । पर्साको ओरैया खोलामा सोमबार प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले पुलको शिलान्यास गरेका छन् ।
पर्साको विकट क्षेत्र मानिएको धोबिनी गाउँपालिका वडा नम्बर–३ हरिहरपुरस्थित ओरैया खोलामा मुख्यमन्त्री राउतद्वारा पुलको शिलान्यास गरिएको हो । पुल निर्माण भईसकेपछि दुवै गाउँका बासिन्दाको सदरमुकाममा सहज पहुँच बनाउने उनले बताए ।
मिर्जापुर र हरिहरपुर गाउँलाई जोड्ने ओरैया खोलामा पुल निर्माणको लागि लामो समयदेखि प्रयास भएपनि बन्न सकेको थिएन् । पुल नहुँदा ती दुवै गाउँका मानिसहरु वर्षा याममा भारतको बाटो भएर सदरमुकाम वीरगंज आउन बाध्यता रहेको स्थानियले बताए गाउँका मानिसहरु लामो दूरी तय गरेर सदरमुकाम जानुपर्दथ्यो । पर्साको अति नै विकट मानिएको ती गाउँपालिकाको दुवै गाउँका बासिन्दा पुल निर्माण हुने भएपछि हर्षित भएका छन् ।
कार्यभार सम्हालेको एक महिना नबित्दै मुख्यमन्त्री राउतले आप्।mनो गृहजिल्लाको प्रमुख पुल मध्ये एकको सिलान्यास गरेको हो । तीन करोड ५१ लाख ११ हजारको लागतमा ४३ मीटर लामो पुल निर्माण गरेको हो । आउँदो १५ महिनामा पुल निर्माण गर्ने जिम्मा स्थानीय पप्पु रंजन निर्माण सेवा प्रा.लि.लाई दिइएको छ ।
यसैगरी मुख्यमन्त्री राउतले सोमबारै मध्यान्ह पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर–३ हरिहरपुरमा लक्ष्मीनारायण महायज्ञको उद्घाटन गरेका छन् ।
महायज्ञ समितिले आयोजना गरेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सामाजिक सद्भाव कायम गरेर प्रदेश विकासमा जुट्न सबैमा आग्रह गरे । धार्मिक अनुष्ठानहरु आपसी सद्भाव, भाइचाराको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
महायज्ञले प्रदेश विकास कार्यमा शक्ती पुग्ने कामना गर्दै मुख्यमन्त्री राउतले समाजिक सद्भाव बिगार्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउने घोषणा गरेका छन् । नौ दिवसीय लक्ष्मीनारायण महायज्ञको उद्घाटन समारोहमा प्रदेश सभा सदस्य सिंहासन साह कलवार, जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमोहम्मद अन्सारी, संघीय समाजवादी फोरम, नेपालका केन्द्रिय सदस्य वीरेन्द्र यादव लगायतको उपस्थिति थियो ।
सञ्जय पटेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा श्रद्धालुभक्तजनको बृहत सहभागिता थियो ।

Online Saptari
Online Saptari

About The Author