• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तीन महिनाभित्रै मधेश प्रहरीमा १० हजार युवाको रोजगारीः मुख्य न्यायाधिवक्ता झा

मधेश आन्दोलनका घाइतेसहित सम्पादक यादव सम्मानित
तीन महिनाभित्रै मधेश प्रहरीमा १० हजार युवाको रोजगारीः मुख्य न्यायाधिवक्ता झा

राजविराज, १७ फागुन । प्रदेश नम्वर २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले प्रदेश सरकारको पहिलो प्राथमिकता शहिद र आन्दोलनका घाइते भएको भन्दै तीन महिनाभित्र कानूनहरु बनाएर कार्यान्वयनमा आउने बताएका छन् ।
अमेरिका मधेशी समाजको आयोजना तथा मधेस ईन्जिनियर्स एशोसिएशनको समन्वय र ड्रिम नेपाल युवा संघ सप्तरीको सहजिकरणमा राजविराजमा विहीबार ‘मधेश आन्दोलनको समिक्षा एवं सम्मान कार्यक्रम’मा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । तीन महिनाभित्र प्रदेशको सम्पूर्ण कानून निर्माण भईसक्ने दावी गर्दै कानून पास भईसकेपछि मधेश आन्दोलनका शहिद परिवार र घाइते वा परिवारका व्यक्तिले योग्यता अनुसार जागिर पाउने उनले दावी गरे ।
मधेश आन्दोलनमा शहादत दिएका र घाइतेहरुकै बलमा संघीयता स्थापित भएको छ’ उनले भने ‘प्रदेश सरकारको पहिलो प्राथमिकतामा मधेश आन्दोलनका शहिद परिवार र घाइते पर्नेछन् ।’ चाँडो भन्दा चाँडो कानून बनाएर पास गराएर संघीयतालाई संस्थागत गर्ने कार्यमा आफुहरु जुटेको प्रदेशका मुख्य न्यायाधिवक्ता झाले बताए । प्रदेश प्रहरी र कर सम्वन्धि प्रादेशिक कानून तयार भईसकेको जानकारी दिँदै उनले भने ‘प्रहरी सम्वन्धी कानून पास भईसकेपछि मधेश प्रहरीमा मधेशका १० हजार युवाले रोजगारी पाउनेछ ।’
सात ओटै प्रदेशहरुमध्ये प्रदेश नम्वर २ को कामकार्वाही सबभन्दा अगाडि रहेको भन्दै आगामी दिनमा समेत यो प्रदेशलाई हरेक दृष्टिकोणले अगाडि बढाउन सबैको सहयोग आवश्यक रहेको बताए । अबको लडाई सिंहदरबारसँग नरहेको भन्दै पाएको अधिकारलाई प्रयोग गर्दै विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
अहिले शुन्यबाट शुरु गर्नुपरेको अवस्था रहेको भन्दै प्रदेश मुख्य न्यायाधिवक्ता झाले कर निती बनाएर आफै श्रोत बनाएर आफ्नो घर निर्माण गर्ने बताए । आफुलाई असफल तुल्याउन केही तत्वहरु सक्रिय रहेको भन्दै त्यसबाट आफु नडराउने भन्दै डटेर सामना गर्न तयार रहेको उनले बताए ।
अमेरीका मधेशी समाजका अध्यक्ष विजय यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराइर्, तिलाठी कोइलाडि गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक कुमार यादव, नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका महिला उपाध्यक्ष सुधा देव, साहित्यकार करुणा झा, प्रजातन्त्र सेनानी सूर्यनारायण यादव, मधेस ईन्जिनियर्स एशोसिएशनका अध्यक्ष ई. संजिवनारायण यादव, ई. तिर्थनारायण दास, ड्रिम नेपाल युवा संघका संयोजक मुकेश कुमार चौधरी, दिलिप कुमार मण्डललगायतले मन्तव्य व्यक्त गरे ।
सोही अवसरमा मधेश आन्दोलनका घाइते भुवनेश्वर मडल, घाइते एवम् अशक्त पोर्ताहाका श्रवण झा, आन्दोलनमा योगदान पुर्याएवापत मधेश ईन्जिनियर्स एसोसिएसनलाई नगद ११ हजार, दोसल्ला सम्मानपत्रसहित सम्मान गरिएको छ । यसैगरी अधिकार प्राप्तिका लागि जारी मधेश आन्दोलनमा पत्रिका, अनलाइन, एफ.एम सहित विभिन्न सञ्चारमाध्यबाट निष्पक्ष एवम् निर्भक रुपमा समाचार सम्प्रेषण गरी विशेष योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासघं सप्तरीका उपाध्यक्ष समेत रहेका न्यूज टुडे दैनिकका सम्पादक एवम् नेपाल टेलिभिजनका सम्वाददाता श्यामसुन्दर यादवलाई समेत ११ हजार रुपैयाँ नगद, दोसल्ला, सम्मानपत्रसहित प्रमुख अतिथि प्रदेश मुख्य न्यायाधिवक्ता झाले सम्मान गरेका छन् ।
सोही कार्यक्रममा आयोजक संस्थाद्वारा प्रदेश नम्वर २ का मुख्य न्यायाधिवक्ता झालाई अभिनन्दन समेत गरिएको छ ।