• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विहिबार सप्तरी आउँदै मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा

विहिबार सप्तरी आउँदै मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा

राजविराज, १५ फागुन । प्रदेश नम्वर–२ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा सप्तरी आउने भएको छ ।
अमेरिका मधेशी समाजले विहीबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा आयोजना गर्न लागेको मधेश आन्दोलनको समिक्षा एवम् सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन उनी सप्तरी आउन लागेका हुन् । कार्यक्रममा मधेश आन्दोलनको समिक्षाका साथै अधिकारप्राप्तिको आन्दोलनमा योगदान पुर्याएका केही व्यक्तिलाई सम्मान गरिने कार्यक्रम रहेको सर्लाही निवासी रहेका अमेरिका मधेशी समाजका अध्यक्ष विजय कुमार यादवले जानकारी दिएका छन् ।
उनका अनुसार कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागी हुन मुख्य न्यायाधिवक्ता झा राजविराज आउन लागेको छन् । विहान ९ बजेदेखि आयोजन हुन लागेको उक्त कार्यक्रममा सहभागिताकालागि जिल्लाका पत्रकार, नागरिक समाज, कानूनव्यवसायी, बौद्धिकवर्ग लगायत सम्वद्ध सबै पक्षसँग आग्रह गरेका छन् ।