राजविराज, ५ भदौ । काठमाण्डौ स्थित डिजिकन कन्सल्टेन्ट प्रा.लि. काठमाण्डौद्वारा सोमवार सप्तरीका मैनाकडेरीका बाढीपीडितलाई राहत वितरण गरिएको छ ।
बाढीबाट अति प्रभावित मैनाकडेरीका ६ सय परिवारलाई राहत वितरण गरिएको हो । चाउचाउ, चिउरा, बिस्कुट, पानी, दालमोठ समेतका सामग्रीहरु वितरण गरिएको हो । अति प्रभावित क्षेत्र मैनाकडेरीको उक्त वस्तीसम्म पुग्न सहज नरहेका कारण सहयोगी संस्थाहरु समेत आफुहरुकहाँ नआाउने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । काठमाण्डौबाट ल्याईएको राहत सामग्री बैल गाडामा राखेर तथा टाउकामा बोकेर बाढी पीडितहरुसमक्ष पुर्याएको डिजिकन कन्सल्टेन्ट प्रा.लि.का प्रवन्ध निर्देशक रामउदार यादवले जानकारी दिएका छन् । उनका अनुसार नहरमा पाल टाँगेर बस्दैआएका सकरदहीका ४० परिवारलाई समेत राहत उपलब्ध गराईएको छ ।