प्रधानमन्त्री देउवासहित तीन उप–प्रधान र चार मन्त्रीको सपथ ग्रहण

प्रधानमन्त्री देउवासहित तीन उप–प्रधान र चार मन्त्रीको सपथ ग्रहण
Bwtech New Add With Software & Bull SMS

काठमाण्डौ, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा तीन उपप्रधानसहित सातजनाको मन्त्रिपरिषद बुधवार विस्तार गरिएको छ ।

उप–प्रधानमन्त्रीहरुमा विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र कृष्णबहादुर महरा रहेका छन् । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका गच्छदारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसका नेता श्रेष्ठले शिक्षा मन्त्रालय र माओवादी केन्द्रका नेता महराले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्की अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । माओवादी केन्द्रका शर्मा गृहमन्त्री भएका छन् । यसैगरी कांग्रेसकै नेता फरमुल्लाह मन्सुरले श्रम तथा रोजगार मन्त्रालय र माओवादी केन्द्रका नेता प्रभु साह बिनाविभागीय मन्त्री भएका छन् ।
राष्ट्रपति भवन सितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी समक्ष प्रधानमन्त्रीसहित मन्त्रीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *