• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको वार्षिकोत्सव सम्पन्न

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको वार्षिकोत्सव सम्पन्न

वीरगञ्ज १५ माघ । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले आफनो १६ औं वार्षिकोत्सव मनाएको छ ।

एक विशेष समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, वीरगंज स्थित भारतइि महावाणिज्य दुतावासका महावाणिज्य दुत बि.सि. प्रधान, सशस्त्र प्रहरी बल रुद्र बाहिनी अडा पथलैयाका प्रमुख डिआइजी बाबुराम पाण्डे, बरख गण वीरगंजका प्रमुख सेनानी नारायण बहादुर थापा, अञ्चल प्रहरी कार्यालय वीरगंजका प्रहरी बरिष्ठ उपरिक्षक नारायण सिंह खडका, पर्साका प्रहरी उपरिक्षकद्वय गोबिन्द कुमार साह र रबिन्द्र ठाकुर, अनुसन्धान उपरीक्षक टिका पोख्रेल, उपमहावाणिज्य दुत निरज जैसवाल, वाणिज्य दुत राजेश कुमार र भिके लोसाली लगायतले शुभकामना मनतव्य व्यक्त गरे ।
उक्त अवसरमा कलेजका छात्रछात्राहरुले नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी नृत्य प्रस्तुत गरेका थिए । कलेजका अध्यक्ष डा. जैनुदिन अंसारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रबन्धक÷निर्देशक बसरुदिन अंसारीले सहभागीहरुलाई स्वागत गरे ।