• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मोटरसाइकल दुर्घटनामा दुई घाइते

उदयपुर, ०९ माघ । उदयपुरको त्रियुगा नगरपालिका–८ मा शनिबार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक सिरहा लहान–१६ का २४ बर्षिय सरोज पाण्डे र पछाडी सवार सप्तरी हर्दिया–६ का २४ बर्षिय अजय गेलाल रहेका छन् । उनीहरु सवार बा ३० प ७१३७ नम्बरको मोटरसाइकल बेलुका ८ बजेतिर अनियन्त्रीत भइ दुर्घटना भएको थियो । दुर्घटनामा घाइते दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।