राजविराज, २५ पुस । छिन्नमस्ता गाउँ विकास समितिको २२औं गाउँ परिषद सोमबार छिन्नमस्ता भूपेन्द्र संस्कृत माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो ।
सद्भावना पार्टीका केन्दीय सदस्य सत्यनारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला विकास समिति सप्तरीका कमलेश्वर विराजी, नेकपा एमालेका विनोद यादव, नेपाल सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष रामनारायण यादव, नेपाली काँग्रेसका जिब्रिल मियाँ, प्रधानाध्यापक लालबहादुर मण्डल, त्रिमुर्ती इङ्गलिस बोर्डिङ्ग स्कूलका प्रिन्सिपल जयप्रकाश यादव, शान्ति समितिका प्रभु नारायण यादव, स्वास्थ्य चौकी सखडाका इन्चार्ज प्रमेश्वर चौधरी, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला सचिव सुरेन्द्र नारायण मण्डल, दलित नेटवर्कका युक्ति मरिक, सूर्यनारायण यादव, भिखन मियाँ, राजदेव यादव, मुरारी मण्डल, राजकुमार ठाकुर, बब्लु कुमार मण्डलल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
गाविस सचिव सत्यनारायण लाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०७२।०७३ को यथार्थ आय ८३ लाख ४३ हजार १ सय ६८ रुपैयाँ ६४ पैसा रहेको तथा २०७२।०७३ को संशोधित आय १ करोड ९१ लाख ६ हजार ७ सय ३८ रुपैयाँ ७५ पैसा रहेको थियो । आर्थिक वर्ष ०७४।०७५को प्रस्तावित आय २ करोड १७ लाख ५० हजार ८ रहेको सचिव यादवले जानकारी दिए । विद्यानन्द चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य प्राविधिक सहायक भरत गुप्ताले गरे ।