दरभङ्गा, २४ कात्तिक । अन्तराष्ट्रिय मैथिली परिषद्, नेपालकी अध्यक्ष करुणा झाले मैथिली भाषा, संस्कृति एवम् पहिचानमाथि दमन गर्ने विरुद्ध सम्पूर्ण मिथिलावासी सशक्त रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।
भारतको दरभङ्गामा मङ्गलवार आयोजित कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि झाले यस्तो कुरा बताएका हुन् । उनले भनिन् ‘नेपालमा अधिकांश मैथिलीवासीको वसोवास छ, तर भाषा, संस्कृति एवम् पहिचान संरक्षणकालागि संविधानमा खासै व्यवस्था छैन ।’ मैथिली भाषा–भाषीउपर भारतमा मात्र नभई नेपालमा समेत दमन भईरहेको बताउँदै दमन विरुद्ध मिथिलावासी मिलेर आवाज नउठाए मैथिली भाषा–भाषीको अस्तित्व नरहने झाले बताईन्
मिथिला राज्य निर्माण सेनाद्वारा आयोजित कार्यक्रममा अनिल झा, प्रकाश संजीव सिन्हा, प्रवीण नारायण चौधरी, अजीत आजाद, राजेश श्रीवास्तव लगायतका वक्ताले मिथिला मैथिलीको विषयमा मन्तव्य व्यक्त गरे । कार्यक्रम मिथिला राज्य निर्माना सेनाका अध्यक्ष रंगनाथ ठाकुरको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।