राजविराज, ५ कात्तिक । राजविराजमा सञ्चालित एमपिएलको क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको शुक्रवार भएको खेलमा झापा ११ लाई ९ बिकेटले पराजित गर्दे गणपति जित हासिल गरेको छ भने रंजितपुर राईडर्सले ५० रनले सुनसरीलाई पराजित गरेको छ ।
राजविराजस्थित रंगशालामा सञ्चालित पहिलो खेलमा टस जितेर पहिले व्याटिङ्ग गर्दै झापा ११ ले २० ओभरमा सबै बिकेट गुमाई ११३ रनको योगफल खडा गरे । जसमा टिमकालागि राज थापा २१ रन, क्षितिज पोखरेल तथा लाक्पा लामाले सामान्य १९÷१९ रन जोडे । बलिङ्गतर्फ गणपतिका कुशल भुर्तेल तथा आरिफ शेखले समान्य २÷२ बिकेट र बिजय भारतीले १ बिकेट हात पारे ।
जवाफमा ११४ रनको लक्ष्य लिएका गणपतिका बिजय भारतीले उत्कृष्ट ब्याटिंग गर्दे ७२ रन बनाएपछि टिमलाई जितन सहज बनेको थियो, उनीसँगै राजेश सिंह २३ रन अबिजित र अभिनाष कर्णले पनि नटआउट खेल्दै १७ जोडेपछि सजिलै विजयी हासिल गरे । गणपतिले १२.१ ओभरमा केवल १ बिकेटको नोक्सानमा बिजय सहज भएको हो । बलिङ्ग तर्फ झापाका अमित श्रेष्ठले १ बिकेट लिएका थिए। खेलको म्यान अफ दि म्याच गणपतिका बिजय भारती घोषित भए । उनलाई क्रिकेटप्रेमी अनवर अलीले पुरस्कार प्रदान गरे ।
यसैगरी शुक्रवार सुनसरी र बरहीबिरपुर टिम बिच सम्पन्न खेलमा टस जितेर रञ्जितपुरले २० ओभर खेल्दै १०२ रनको योगफल तयार पारेका थिए । जसमा टिमका लागी रबिन्द्र यादब २८, बिक्रान्त देव २१, बिनय देवले १२ रन बनाए । बलिङ्गतर्फ सुनसरीका फिरोज आलमले किफायती बलिङ्ग गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ बिकेट हात पारे भने सनोज यादवले पनि ३ बिकेट हात पारे । रंजितपुरका अनिष आलमले घातक बलिंग गर्दे ४ ओभरमा १० रन खर्चे सुनसरीको ५ बिकेट झटके पछि जवाफमा आर्लेका सुनसरीले १३ ओभरमा आफनौ सबै बिकेट गुमाई ५३ रनमै सिमित रहे पछि रंजितपुरले ५० रनको अन्तरले बिजय हासिल गरे ।
सुनसरीका लागी अफजल हुसेनले ११ रन वाहेक कुनै खेलाडीले दोहोरो अंक पार गर्न सकेन । रंजितपुरलाई जिताउन बिक्रान्त देवले पनि २ बिकेट लिए । खेलको म्यान अफ दि म्याच रंजितपुरका अनिष आलमलाई कान्तिपुरका सम्वाददाता रामनारायण बिश्वासले पुरस्कार प्रदान गरे ।