• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रसौनी बिर्तामा ४१ जनाले गरे रक्तदान

वीरगंज, ५ कार्तिक । जानकी मेडिकल हल एण्ड एपोलो फार्मेसी वीरगञ्ज र नेकपा एमाले वडा कमिटी वीरगंज– २६ प्रसौनी बिर्ताको संयुक्त आयोजनामा शुक्रवार प्रसौनी बिर्तामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रसौनी बिर्ता वडा अध्यक्ष लालबाबु यादवको सभापतित्वमा सम्पन्न आकस्मिक रक्तदान कार्यक्रममा एक महिलासहित ४१ जनाले रक्तदान गरेका हुन् । पर्सा क्षेत्र नम्वर २ का सांसद बिचारी प्रसाद यादवले रक्तदान गरी उद्घाटन गरेको कार्यक्रममा नेकपा एमालेका प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु यादव, वडा कमिटी ईन्चार्ज रामानन्द महतो, वडा कमिटी सदस्य सुनिता देवी यादव, जानकी मेडिकल हल एण्ड एपोलो फार्मेसीका सहायक प्रवन्ध निर्देशक ईन्जिनियर शिवचन्द्र यादव, एपोलो फार्मेसीका वरिष्ठ अहेव बिरेन्द्र यादव, समाजसेवी तथा युवा व्यवसायी अकलेश साह ,एनपीडेली न्युजका पत्रकार राकेश साह, स्थानिय हरेन्द्र दास, जयनाथ दास, रञ्जित साह गोंड, ईश्वर साह गोंड, भुवन महतो, राजु श्रेष्ठ, अर्जुन पटेल, संतोष यादव, बच्चु साह तेली, बच्चु पासवान, प्रदेशी दास, ओमप्रकास महतो, प्रवेश यादव, प्रमोद यादवलगायतकाले रक्तदान गरेका छन् ।
आकस्मिक रक्तदान कार्यक्रममा रक्त संचार गृह पर्साका ईन्चार्ज प्रविन मानन्धर , ब्लड डोनर एशोसिएसन नेपाल पर्साका सचिव अरबिन्द सिंह, प्राबिधकहरु दिपक यादव,नन्द किसोर साह, मेघनाथ सहनी, सरफलाल महतो, लोकेन्द्र पटेल, एमालेका स्थानिय अगुवा नेता कार्यकर्ताहरु वृज यादव, मेघराज पासवान, रामनारायण महतो, रबिन्द्र यादव, महाबिर दासलगायतले बिशेष सहयोग गरेको जनाईएको छ ।