• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
२ लाख ३५ हजार बराबरको सामान भन्सार बुझाइयो

सुनसरी, ५ कात्तिक । जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार सुनसरीको छुट्टा–छुट्टै स्थानबाट अबैध २ लाख ३५ हजार बराबरको सामान बरामद गरी भन्सार बुझाएको छ ।
प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले ५८ पिस साडी, ६७ पिस कुर्तासलवार र २० पिस लेडिज ब्याग बरामद गरेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले बिहीबार बबिया चौकबाट ५ रोल अर्थान अन्दाजी सय मिटर सुटिङ सर्टिङका कपडा तथा इलाका प्रहरी कार्यालय हरिनगराले ८ बोरा अबैध युरिया मल बरामद गरेको छ । बरामद सामानहरु बिहीबारै सेतुबन्ध भन्सार कार्यालय कोशीब्यारेजमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।