वीरगञ्ज, ५ असोज । आत्मा ज्ञान प्रचार संघ वीरगञ्जले विभिन्न कार्यक्रम गरी विश्व शान्ति दिवस मनाएको छ । वीरगंज उपमहानगरपालिका वडा नम्बर १६ राधेमाईमा रहेको कार्यालयमा बुधबार बिहान विभिन्न कार्यक्रम गरी सो दिवस मनाइएको हो ।
वीरगञ्ज उपमहानगरपालिका निमित्त कार्यकारी अधिकृत प्रकासमान सिंहले कलशमा दिप प्रज्जवलित गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका सिंहले विश्व शान्ति दिवसको अवसरमा आत्मा ज्ञानले गरेको शान्ति सम्भव छ । कार्यक्रम सराहनीय भएको बताएका थिए । सिंहले शान्ति बिना संसार अगाडि नबढ्ने तर्क दिँदै शान्ति स्थापनाको लागि अहिले सारा दुनियाँ जुटेको बताएका थिए ।
संघको कार्यालय राधेमाईमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथी एनपीडेली अनलाईन न्युजका राकेश साह, अतिथीहरु आत्मा ज्ञान प्रचार संघका व्यवस्थापक भरत ठाकुर, कार्यक्रमका ईभेन्ट म्यानेजर दिनेश प्रजापति, संघका सदस्य शिवानन्द जी, बिन्दु साह, वीरगंज वडा नम्बर १६ का सचिव मदन प्रसाद कुर्मी लगायत हजारौको संख्यामा स्थानियहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एक घण्टासम्म अन्तर्राष्ट्रिय शान्ति दुत प्रेम रावतको शान्ति सन्देश भिडियो देखाइएको थियो । कार्यक्रमको सहजीकरण संघका सदस्य आनन्द पटेलले गरेका थिए ।
यसैगरी संघको आयोजनामा वीरगञ्जमा बिशाल शान्ति पदयात्रा निकालिएको छ । बुधबार दिउँसो निकालिएको शान्ति पदयात्रामा बारा पर्साका विभिन्न गाँउ टोलहरुबाट हजारौंको संख्यामा मानिसहरुको सहभागिता रहेको थियो । करिब चार किलो मिटर लामो पदयात्राका सहभागिहरुले शान्ति सम्भव छ, हामी शान्ति चाहन्छौ लगायतको नारा लेखिएको प्लेकार्ड बोकी नारा लगाएका थिए । शान्ति पदयात्रा वीरगञ्ज नगर परिक्रमा गरी राधेमाई संघको कार्यालयमा पुगी समापन हुने आत्म ज्ञान प्रचार संघका सदस्य आनन्द पटेलले बताए । संघको कार्यालय राधेमाईबाट निस्केको ¥यालीमा वीरगञ्ज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकासमान सिंह, अतिथीहरु आत्मा ज्ञान प्रचार संघका व्यवस्थापक भरत ठाकुर, कार्यक्रमका ईभेन्ट म्यानेजर दिनेश प्रजापति, संघका सदस्य आनन्द पटेल, रघुवर यादव, शिवानन्द जी, बिन्दु साह, वीरगञ्ज वडा नम्बर १६ का सचिव मदन प्रसाद कुर्मी लगायत हजारौको संख्यामा स्थानियहरुको उपस्थिती रहेको थियो ।