• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संविधान संशोधन नगरे ओली सरकार जस्तै यो पनि ढल्छः अध्यक्ष यादव

संविधान संशोधन नगरे ओली सरकार जस्तै यो पनि ढल्छः अध्यक्ष यादव

चन्दन रौनियार
धरान, १४ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी स्थानीय चुनाव हुन नसक्ने बताएका छन् ।
सुनसरीको धरानमा मङ्गलबार सम्पन्न फोरमको दुई दिने किराँत र लिम्बूवान प्रादेशिक स्तरीय प्रशिक्षण कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । संघीयतालाई नै धरापमा पार्ने गरी स्थानीय चुनाव गराउने प्रयास सफल हुन नसक्ने यादवले बताए । जनताले ‘अस्वीकार’ गरेको संविधान तत्काल संशोधन, पुनर्लेखन नगरे प्रचण्ड नेतृत्वको सरकार पनि ओली सरकार जस्तै बीचैमा ढल्ने उनले दावी गरे ।
‘संघीयता, समानुपातिक समावेशी, धर्म निरपेक्ष गणतन्त्र नेपालको स्थापना गर्ने गरी संविधान संशोधन नगरी अहिलेको बहिस्कृत संविधान नै जस्ताको तस्तै लागु गर्ने प्रयास गरे जनताले प्रचण्ड सरकारलाई पनि आन्दोलन गरेर केपी ओली सरकारको जस्तै अवस्थामा पुर्याउने छन् ’ उनले भने ‘संविधान संशोधन बिनाकोे चुनाव कुनै पनि हालतमा हुन सक्दैन ।’ संविधान संशोधन नगरी गरिने चुनाव बहिस्कार गर्ने भन्दै फोरम अध्यक्ष यादवले संविधानमा के के संशोधन गर्ने भन्ने विषय लिखित रुपमा दिइसकेको बताए ।
‘सरकारले फेरि मागे उपलव्ध गराउँछौं तर सरकाले नै ढिलो गर्दैछ’ उनले आफ्नो ध्यान सरकारमा जाने भन्दा पनि बाहिरबाट समर्थन जनाउदै गठबन्धन मोर्चासँग गरेको संविधान संशोधनको सहमतिलाई पालना गर्न दवाव दिनेमा मात्र केन्द्रित छ ।’ जनताको पक्षमा संविधान संसोधन गराउने विश्वासमा प्रचण्डसँग सहमती गरेको अध्यक्ष यादवले बताए ।