• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चोरी भएको मोटरसाइकलसहित सात जना प्रहरी नियन्त्रणमा

चोरी भएको मोटरसाइकलसहित सात जना प्रहरी नियन्त्रणमा

नर्मदेव यादव

राजविराज, २७ असोज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा चोरी भएको ४ मोटरसाइकलसहित  ७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गर्दै चोरी भएको मोटरसाइकल र चोरीमा संलग्नहरुको नाम सार्वजनिक गरेको हो । 
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा नियन्त्रमा लिएको चोरी भएको मोटरसाइकल। फोटो: न्यूज टुडे
विभिन्न मितिमा मोटरसाइकल चोरी भएको निवेदनको आधारमा खोजतलास गर्दा चोरी भएको मोटरसाइकल र चोरीमा संलग्नहरुलाई पक्राउ गरि कारबाही अगाडि बढाइएको सप्तरीका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक गाैतम कुमार केसीले बताए । 
उनले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसपी डम्बर बहादुर पुरी नेतृत्वको टोलीले मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए । 
एसपी केसीका अनुसार  पक्राउ पर्नेमा राजविराज नगरपालिका १५ का अनिल कुमार यादव,सोही स्थानका राज नारायण यादव, सचिन यादव,गजेन्द्र कुमार यादव रहेका छन् । यसैगरी राजविराज नगरपालिका ११ का अजय कुमार यादव, वडा नम्बर १० का शिवनन्दन यादव र  उदयपुर बेलका नगरपालिका वडा नम्बर ९ का गणेश बहादुर विश्वकर्मा पक्राउ परेका छन् । 
पत्रकार सम्मेलनमा डिएसपी डम्बर बहादुर पुरीको समेतको उपस्थिति रहेको थियो ।