• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पत्रकार मनोज माझीमाथि हातपात
न्यूज टुडे
राजविराज, २७, असोज ।
नेपाल पत्रकार महासंघका केन्द्रीय  परिषद सदस्य एबम् राजधानी दैनिक तथा प्राइम टेलिभिजन सप्तरी सम्वाददाता मनोज माझीमाथि हातपात भएको छ । शम्भुनाथ नगरपालिका–११ मा  सोमबार समाचार संकलनको क्रममा पत्रकार माझीमाथि  हातपात भएको हो । 
समाचार संकलनका क्रममा वडा अध्यक्ष राज कुमार साहको नेतृत्वमा आएको समूहले आक्रमण गरी मोबाइल समेत फुटाएको पीडित पत्रकार माझीले जानकारी दिए । 
पीडित पत्रकार माझीले जग्गा घेरवार गरेको र भत्काएको भिडियो लिदा आफूमाथि आक्रमण भएको बताए। आफूले पत्रकारको परिचय सहित प्रेस कार्ड देखाउँदा सुनुवाई नगरी आक्रमणकारीहरुले नियन्त्रमा लिएको बताए। 
‘अदालतको फैसला कार्यान्वय गर्ने क्रममा बोलाएपछि समाचार संकलन गर्न पुगेका थियौ उनले भने, “ यसरी आक्रमण हुन्छ भन्ने कुरा सोचेको पनि थिईन  जनप्रतिनिधिकै हातबाट मार खानुपर्ला भन्ने सोचेको थिइनँ।”
प्रहरीकै अगाडि हातपात हुँदा समेत प्रहरी मुखदर्शक रहेको पत्रकार माझीले गुनासो गरे ।