• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा १७ ट्रान्सफर्मर पड्किंदा एक महिनादेखि दुई दर्जन गाउँ अन्धकारः प्राधिकरण हैरान

सप्तरीमा १७ ट्रान्सफर्मर पड्किंदा एक महिनादेखि दुई दर्जन गाउँ अन्धकारः प्राधिकरण हैरान

राजविराज, १४ भदौ । सप्तरी जिल्लामा १८ ओटा ट्रान्सफर्मर पड्केका कारण दुई दर्जन भन्दा बढी गाविसमा विद्युत सेवा अवरुद्ध भएको छ ।
बढ्दो गर्मीसँगै अत्यधिक लोडका कारण विभिन्न स्थानमा जडान गरिएका ट्रान्सफर्मरहरु पड्किएको हो । सिस्वाबेल्ही, हरिहरपुर, ईनर्वा फुलबडिया, फुलकाही, प्रसवनीको टेङ्गरी, कमलपुर, रुपनगर, मधवापुर, भगवतपुर, जमुनी मधेपुरा, छपकी भथौल, फकिरा, बिसहरिया, सिम्राहा सिंगियोन, कटैयाको मकरी, महुली र मलेठको बिहारपुर र कञ्चनरुप नगरपालिका वडा नम्वर–८ र ९ लाई लक्षित गरि जडान गरिएका ट्रान्सफर्मर पड्केको ईन्जिनियर अभिनव झाले जानकारी दिएका छन् ।

विगत तीन वर्षदेखि नयाँ ट्रान्सफर्मर जिल्लामा नआएकोले पुरानै ट्रान्सफर्मर मर्मतसम्भार गरी जेनतेन धान्दैआएको उनले बताए । दिनमा चर्को घाम र रातीको समयमा अत्यधिक गर्मीले गर्दा ट्रान्सफर्मरकालागि उपभोक्ताहरु विद्युत प्राधिकरण केन्द्रमा हुलका हुल आउने गरेको बताउँर्दै ईन्जिनियर झाले भने ‘हामीसँग ट्रान्सफर्मर उपलब्ध भए पो जडान गर्ने, उपभोक्तालाई जवाफ दिँदादिँदै हैरान भईसकेको छु ।’

उनका अनुसार विगत एक महिना यता बढेको गर्मीका कारण विद्युत खपत अत्यधिक भएको तथा ग्रामिण भेगमा हुकिङ्गका कारण जिल्लामा ट्रान्फर्मर पड्किने समस्या बढेको छ । पड्किएका ट्रान्सफर्मरहरु खोलेर मर्मत गर्न पठाईएकोमा हालसम्म नआउँदा सर्वसाधारण जनताले सास्ती व्यहोर्नुपरेको ईन्जिनियर झाले बताए ।
विगत तीन वर्षदेखि नयाँ ट्रान्सफर्मर जिल्लामा नआएकोले पुरानै ट्रान्सफर्मर मर्मतसम्भार गरी जेनतेन धान्दैआएको उनले बताए । दिनमा चर्को घाम र रातीको समयमा अत्यधिक गर्मीले गर्दा ट्रान्सफर्मरकालागि उपभोक्ताहरु विद्युत प्राधिकरण केन्द्रमा हुलका हुल आउने गरेको बताउँर्दै ईन्जिनियर झाले भने ‘हामीसँग ट्रान्सफर्मर उपलब्ध भए पो जडान गर्ने, उपभोक्तालाई जवाफ दिँदादिँदै हैरान भईसकेको छु ।’ बिग्रेका र पड्केका ट्रान्सफर्मर खोलेर ल्याई मर्मतकालागि जनकपुर पठाईने गरिएको जानकारी दिँदै उनले मर्मत सम्भारमा समेत समय लाग्ने गरेकोले उपभोक्ताले सास्ती भोग्नुपरेको जानकारी दिए ।
जिल्लामा ट्रान्सफर्मर पड्किने समस्याले आफूहरु हैरान भईसकेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख राम उद्गार साहले बताए । उनका अनुसार जिल्लालाई कुल १५ मेगावाट विद्युत आवश्यक रहेकोमा हाल भारतबाट ५ मेगावाट र सिरहाको लहान ग्रिडबाट ३ मेगावाट मात्र आपुर्ति भईरहेको अवस्थामा अत्यधिक लोडले गर्दा ट्रान्सफर्मर पड्किने समस्या बढेको छ ।
भारतको कटैया पावर हाउसबाट पहिला १० मेगावाट विद्युत आउने गरेकोमा हाल ५ मेगावाट मात्र दिईरहेकोले धान्न गाह्रो हुँदा सिरहाको लहान ग्रीडबाट ३ मेगावाट लिएर जेनतेन व्यवस्थापन गर्नुपरेको उनले बताए । माग अनुसारको विद्युत आपुर्ति हुन नसकिरहेको अवस्थामा ग्रामिण भेगमा हुकिङ्ग गरेर विद्युत चोरी गर्ने क्रम बढेकोले ट्रान्सफर्मर पड्किने गरेको बताउँदै उनले भने ‘बढ्दो गर्मीले गर्दा विद्युत खपत समेत बढेको छ नै, त्यसमा पनि ग्रामिण भेगका कृषकहरुले धान खेतमा पानी पटाउन हुकिङ्ग गर्ने गरेकोले समस्या जटिल बन्दैगएको छ ।’