वीरगन्ज, १३ भदौ । मधेस आन्दोलले उठाएको मुद्दालाई समाप्त पार्ने षडयन्त्र एमाले लगायतका दलहरुले गरिरहेको वीरगञ्ज मोर्चाको बैठकले निष्कर्ष निकालेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साको सोमबार वीरगञ्जमा बसेको बैठकले संघीयताको सिमा निर्धारण नै नभएको अवस्थामा आन्दोलनको भावना र शहिदको सपना विपरित मधेसी जनतालाई अधिकारबाट बञ्चित पार्न र संघीयतालाई नैं समाप्त पार्ने उदेश्यका साथ राजधानीको नाममा मधेस विरोधी राजनीति गरी रहेको आरोप लगाएको छ ।
अधिकारको लागि सडक संर्घषमा रहेका मधेसी जतताको हत्या गर्दै संविधान जारी गर्ने एमाले सत्ताबाट बाहिरिएपछि मधेस मुद्दालाई कमजोर पार्न र मधेसीलाई अधिकारबाट बञ्चित गर्दै वर्चस्व कायम राख्न राजधानी बनाउने नाममा मधेसी जनतालाई पुनः दास बनाउने षडयन्त्र गरिरहेको बैठकले ठहर गरेको छ । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा बसेको बैठकले २ नम्वर प्रदेशको ढलकेवरमा राजधानी राख्ने अधिकारिक निर्णय गर्ने एमाले पार्टी जनतामा विश्वास गुमाई सत्ताच्युत भएपछि राष्ट्रमा दिर्घकालिन द्वन्दको विजारोपन गर्न र संघीयतालाई समाप्त पार्ने खेलमा लागेकाले भ्रममा नपर्न जनसमुदायसँग आग्रह गरेको छ ।
सोमबार जारी गरेको पे्रस विज्ञप्तीमा राष्ट्रि हित र भाइचारा बनाई मधेसी जनजाती, आदिवासी, मुस्लिम, महिला, दलित, पिछडावर्ग लगायत सबैको अधिकार संविधानमा सुरक्षित गर्दै न्यायको सिद्धान्तमा आधारित अधिकार सम्पन्न प्रान्त र्निधारण हुनु पर्ने माग गरेको छ । संविधान शंसोधनबाट मधेसी जनजाती लागयत सबैको अधिकार र समान्ताको धरातलमा आधारित प्रान्त र्निधारण हुने सम्भावना बढी रहेको बेला जनतालाई अधिकार सम्पन्न देखन नचाहने एमाले पार्टी र जनविरोधी संविधानमा हस्ताक्षर गर्ने पार्टीका सांसद तथा सो संविधानलाई सर्मथन गर्ने पार्टीका कार्यकर्ताहरुबाट सावधान हुन जनसमुदायलाई मोर्चाले आग्रह गरेको छ ।
प्रान्तको सीमा र्निधारण भएपछि बारा, पर्सा रौतहट जिल्लाका जनसमुदायको सुविधाका लागि उच्च अदालत वीरगन्जमै राख्न जोडदार माग गरेको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए । प्रान्त र्निधारण, स्रोत साधन र शक्तिको बाँडफाँड नभएकै अवस्थामा उच्च न्यायालय चलाउन नहुने मोर्चाले माग गरेको छ ।