• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अवैध सामानसहित दुई जना पक्राउ

राजविराज, १२ भदौ । भारतबाट नेपालतर्फ अवैध रुपमा साइकलमा लोड गरी ल्याउदै गरेको ईन्भर्टरसहित दुई जनालाई सप्तरी प्रहरीले आइतवार पक्राउ गरेको छ ।
सप्तरीको छिन्नमस्ता–६ मौवाहाबाट प्रहरीको टोलीले करिब पच्चीस हजार मूल्य पर्ने दुई थान ईन्भर्टरसहित ईटहरी विष्णुपुर वडा नम्वर–३ का २१ वर्षिय शंकर महतो र सोही ठाउँका २० वर्षिय अनुप साहलाई साइकलका साथै अन्य सामान नियन्त्रणमा लिईएको हो । बरामद गरिएका सामानहरु आवश्यक कार्वाहीकोलागि भन्सार कार्यालय तिलाठी पठाइएको जिल्ला प्रहरी सप्तरीले जनाएको छ ।