नर्मदेव यादव
रुपनी,१२ फागुन ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनावीपछि देशको नेतृत्व नेपाली काँग्रेसले लिने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ द्वारा सप्तरीको रुपनीमा मंगलबार आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुखीलाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले अब देशको नेतृत्व कांग्रेसले गर्नु पर्नेमा जोड दिए । ‘हामी अब नवीन पार्टी बनेको छौँ देशमा पार्टीमा प्रवेश गर्ने लहर चलेको छ।’ उनले भने,’ विभिन्न जिल्लामा विभिन्न पार्टीका केन्द्रिय नेता देखि प्रदेश तथा गाउँ गाउँको स्थानीय नेताहरु पार्टी प्रवेश गरिरहेको छ।’
देशको पहिलो पार्टी कसरी बन्छ। कांग्रेस त्याता तिर लम्की सकेको बताउँदै उपसभापति शर्माले ग्यारेन्टी अहिले गर्दिन त्यो कुरा १५ गते पछि भन्ने उल्लेख गरे ।
हाम्रो पार्टीले बिगत देखि नै पार्टी भित्र होस वा बाहिर अरु पार्टीका नेता होस हामी सम्मान गर्छौ आज हामी सप्तरी आउँदा पहिले पार्टीको कार्यक्रम अनुसार गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पणसहित सम्मान गर्यौ।’
मधेसी नेता गजेन्द्र बाबू मधेसको लागि संसदमा कुरा उठाएको हुनाले सम्मान गरेको बताउँदै शर्माले मेरो पार्टी २०१५ सालमा राणा शासनको सरकारलाई ढालेर मोहन सम्म्सेरलाई प्रधानमन्त्री बनाएर बिपी कोइराला गृहमन्त्री बनेको त्यति खेर पनि मधेस लगायत सबै जातजाती समावेशी मन्त्रीहरु बनाएको स्मरण गराए ।
जब जब देशमा संकट आउँछ त्यसको समाधान सहजीकरण काँग्रेसले गरेको उनले बताए । ।देशमा १७ हजार पांँच सय सहिद हुँदा त्यति खेर सहमति सहकार्य गरि शान्तिको नेतृत्व कांग्रेसले नै गरेको स्मरण गरे ।
हाम्रो नीति हो राष्ट्रियता बलियो भएमा व्यवस्था बलियो हुन्छ, हामी यसलाई बलियो बनाउन लागेको छौ।हाम्रो चुनाव जित्ने मात्रै उदेश्य होइन समाजको परिवर्तन वास्तविक ब्यवहार परिवर्तन देख्न चाहन्छौ ।” देशलाई सही दिशामा ल्याउन काँग्रेस सरकारको विकल्प नभएको बताउँदै उनले काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
सप्तरी ३ का उम्मेदवार दिनेश कुमार यादवले विशेष रुपमा रुपनी पालिका बासीलाई सहयोगको आग्रह गरे ।
उक्त अवसरमा शम्भुनाथ नपा ७ का लोसपा वडा अध्यक्षका प्रत्यासी भुप नारायण राम नेपाली काँग्रेस पार्टी प्रवेश गरेको छन् ।
कार्यक्रममा मधेस प्रदेशका सह महामन्त्री परशुराम चौधरी, गिता कुमारी यादव क्षेत्र नम्बर १ को सभापति तथा कञ्चनरुप नपाका मेयर ललन प्रसाद गुप्ता जिल्ला कार्यसमिति सदस्य भोला साह, धुर्व नारायण चौधरी, शंभुनाथ न पाका युवा नेता राजेन्द्र प्रसाद चौधरी, राजगढ गा पा सभापति दिपेन्द्र यादव, नेविसंघ केन्द्रिय सदस्य नवीन सिंह, रामचन्द्र यादव लगायतकाले मन्तव्य व्यक्त गरे ।