• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनमतबाट मेयर र उपमेयरको प्रत्यासी उम्मेदवारसहित दर्जनौंद्वारा पार्टी परित्याग

जनमतबाट मेयर र उपमेयरको प्रत्यासी उम्मेदवारसहित दर्जनौंद्वारा पार्टी परित्याग
न्यूज टुडे
राजविराज,०४ फागुन । 
सप्तरीको कञ्चनरुप नगरपालिकामा सोमबार  जनमत पार्टीका मेयर तथा उपमेयर पदका प्रत्यासी उम्मेदवारसहित दर्जनौं स्थानीय नेताकार्यकर्ताले पार्टी परित्याग गरेको छ । मेयर पदका प्रत्यासी इन्द्रदेव कौडगिया र उपमेयर पदका प्रत्यासी सम्झना राना चौधरीसहित दर्जनौंले पदबाट राजीनामा दिएको घोषणा गरेको हो।
जनमत पार्टीभित्र लामो समयदेखि मौलाउँदै आएको वंशवाद, नातावाद तथा परिवारतन्त्रका कारण सक्रिय कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टीको साधारण सदस्यता तथा सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिने निर्णयमा पुगेको मेयर पदका प्रत्यासी कौडगियाले बताए । 
उनका अनुसार पार्टीको नाममा लोकतन्त्रको कुरा गरिए पनि व्यवहारमा सीमित परिवार र निकट व्यक्तिहरूलाई मात्र अवसर दिइने, इमान्दार र संघर्षशील कार्यकर्तालाई निरन्तर अपमानित गर्ने तथा निर्णय प्रक्रिया अपारदर्शी राख्ने प्रवृत्ति बढ्दै गएको छ।
आफ्नो योगदान, त्याग र संघर्षको अवमूल्यन गर्दै संगठनलाई केही व्यक्तिको निजी स्वार्थको माध्यम बनाइएको आरोप लगाउँदै  उपमेयर पदकी प्रत्यासी रानाले यस्तो वातावरणमा मौन बस्नु अन्याय र असमानताको समर्थन सरह हुने बताएकी छन्।
पार्टीबाट राजिनामा दिएको निर्णयसहितको तस्वीर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै आजकै मितिबाट उनीहरूले सामूहिक रूपमा जनमत पार्टीसँगको सम्पूर्ण औपचारिक सम्बन्ध समाप्त भएको घोषणा गरेका छन्।