• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्याकुरेललाई चौफालबासीको गुनासो :  ‘जिताएर पठायो फर्केर हेर्दैन’

प्याकुरेललाई चौफालबासीको गुनासो :  ‘जिताएर पठायो फर्केर हेर्दैन’
न्यूज टुडे
राजविराज,१२ फागुन । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चौफालवासीले  एमाले नेता सुमनराज प्याकुरेलसंग  पटकपटक भोट दिएर जिताएर पठाएको उम्मेदवारले फर्केर नहेको गुनासो गरेका छन् ।  सप्तरी १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्याकुरेल घरदैलोको क्रममा भोट माग्न त्यहाँ पुगेपछि स्थानीयले यस्तो गुनासो गरेका हुन् । 
भेटघाट कार्यक्रममा सहभागी चौफालबासी । फोटो : न्यूज टुडे
सदियौ पुरानो बस्ती हुँदा पनि विकासको दृष्टिले निकै पछाडि परेको तथा खानेपानी बाटो,बिजुली, शिक्षा, स्वास्थ्य जस्ता  आधारभूत आवश्यकताबाट बन्चित भएको स्थानीयले प्याकुरेलसंग समस्या राखे ।  ‘विभिन्न चुनावमा मत मग्न आएका उम्मेदवारहरुलाई पनि यीनै समस्या दर्शायौ, स्थानीय भिम राईले भने, हामीले भोट पनि दियौं तर जिताएर पठायो फर्केर हेर्दैन। ‘
स्थानीय मुद्दा समाधानमा सहयोग गर्ने उम्मेदवारलाई यसपटक मतदिने कुरामा चौफालबासी एक स्वर रहेको उनले बताए । 
चौफालबासीको गुनासालाई सम्बोधन गर्दै आफू झुठो आश्वासन बाड्ने व्यक्ति नभएको बताउँदै प्याकुरेलले स्थानीयबाट संकलन योजना मध्येबाट आवश्यकतालाई प्राथमिकीक्रण गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 
आफ्नो पार्टी र आफू यस क्षेत्रमा लामो समयपछि उम्मेदवार बन्न अवसर प्राप्त गरेको भन्दै उनले  आफ्नो जित पछि जितेर गएपछि फर्केर नहेर्ने परम्परा तोड्ने विश्वास दिलाए । उम्मेदवार नहुँदा समेत क्षेत्र तथा जिल्लाको विकासमा अग्रणी भुमिका निभाएको चर्चा गर्दै नेता प्याकुरेलले जितेर जाँदा थप विकासको कार्यमा सहज हुने भएकोले सहयोगका लागि आग्रह गरे । 
उनले उपभोक्ता समितिबाट योजना कार्यान्वयन असफल सावित भएको बताउँदै आफूले उपभोग गर्ने कार्यलाई प्रभावकारी बनाउने भन्दा योजना बेच्ने गर्दा गुणस्तरहीन कार्य हुने गरेको बताए ।  भ्रष्टाचार विकासको प्रमुख बाधक भएको उल्लेख गर्दै नेता प्याकुरेलले  भ्रष्टाचार  विरुद्ध आवाज बलियो पार्दै देशको समृद्धि र विकासका लागि चट्टान जस्तै अडिग रहने बताए । 
देश सम्राज्यवादीहरुको चंगुलमा फस्ने खतरा बढेकोले यसले देशलाई दुर्घटनामा पुर्‍याउने प्रति चिन्ता व्यक्त गर्दै उनले राष्ट्र,राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सचेत हुनुपर्नेमा जोड दिए । उनले नयाँको नाममा नैतिकहीन र नीतिहीनको  पछाडि परेर राष्ट्रियतामाथि घात गर्नु नहुने उल्लेख गरे ।