• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चुनाव नजिकदै जाँदा प्रचारप्रसार तीव्र
न्यूज टुडे
राजविराज,१२ फागुन । 
आसन्न मंसिर २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिक हुँदै जाँदा उम्मेदवार तथा दलका समर्थकहरुले प्रचारप्रसारलाई तीब्रता दिएको छ । विभिन्न उम्मेदवार तथा समर्थकहरुले मत आफ्नो पक्षमा हत्याउन प्रचारप्रसारलाई सशक्त बनाउन थालेको हो । 
उम्मेदवार तथा समर्थकहरु चुनाव चिन्ह र झण्डा, व्यानर, प्रतिबद्धता पत्रसहितका विभिन्न प्रचार सामाग्री लिएर र्‍याली निकालेर मतदाता भेटघाटलाई बाक्लो बनाउन थालेका छन् । 
झण्डा, व्यानरसहित प्रचार सामाग्री घरघरमा बाँड्ने, चौक तथा घरघरमा टास्ने जस्ता गतिविधि तीब्र बनाएको स्थानीयहरु बताउछन् । कतिपय ठाउँमा आचारसंहिता उलंघनका कार्यले समेत चर्चा पाएको भेटिन्छ ।
सार्वजनिक स्थानमा  निर्वाचन आचारसंहिता मापदण्ड विपरीत जथाभावी झण्डा व्यानर झुण्ड्याउने, ध्वनि प्रदुषण गर्ने जस्ता कार्यमा समेत वृद्धि भएको स्थानीयहरुले जानकारी दिए । 
आफ्नो प्रभाव देखाउन उम्मेदवारहरु सक्रिय हुँदा चुनावी रौनकता भने ह्वात्तै बढेको स्थानीयबासीहरुको भनाइ छ ।।