• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको महुलीमा हात्तीको आक्रमणबाट एक बृद्ध घाइते

सप्तरीको महुलीमा हात्तीको आक्रमणबाट एक बृद्ध घाइते
रामनाथ चौधरी
राजविराज,०९ फागुन ।
सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका ६ महुलीमा शनिबार विहान हात्तीको आक्रमणमा परी एक बृद्ध घाइते भएका छन् ।  घर देखि उत्तर वनमा घाँस काट्न गएका स्थानीय ८१ बर्षीय कर्ण बहादुर भुजेललाई हात्तीले आक्रमण गर्दा  घाइते भएका हुन् ।
विहान घाँस काट्न गएका भुजेललाई विहान ०७:३० बजे आक्रमण गरि घाइते बनाएको परिवारजनले बताएका छन् । हात्तीको आक्रमणबाट भुजेलको हात र शरीरको विभिन्न भागमा गहिरो चोटपटक लागेको पीडित परिवारका एक सदस्यले बताए ।
घाइते बृद्धको विराटनगरमा उपचार भइरहेको तथा उनको स्वास्थ्य अबस्थामा सामान्य रहेको जनाइएको छ । 
सप्तरीको उत्तरी बन क्षेत्रमा हात्तीको हुलकाहुल हुँदा स्थानीयबासी त्रसित भएका छन् ।