• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रकम फ्रिज होस् तर दुरुपयोग नहोस्ः प्रजिअ गौतम

रकम फ्रिज होस् तर दुरुपयोग नहोस्ः प्रजिअ गौतम

अधिकांश राजनीतिक दलले गरे गणतन्त्र दिवसको उपेक्षा
राजविराज, १५ जेठ । सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव प्रसाद गौतमले कागज मिलान गरेर रकम दुरुपयोग गर्ने प्रवृति बढेकोले त्यस्ता कार्य हुन नदिन आम जनता सजग रहनुपर्ने बताएका छन् ।
जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा शनिवार आयोजित गणतन्त्र र विकास विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । सप्तरी जिल्लामा विकास निर्माण सम्वन्धि रकमको अत्यधिक दुरुपयोग हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने ‘कागज मिलान गरेर बजेट दुरुपयोग हुने कार्य हुन नदिन आम जनता सजग रहनु जरुरी छ, रकम दुरुपयोग हुन दिनुभन्दा पनि बरु फ्रिज हुनु राम्रो हो ।
हरेक दृष्टिकोणबाट ऐतिहासिक पहिचान बोकेको सप्तरी जिल्लामा अपेक्षाकृत विकास हुन नसकेको र हाल पनि कागजमा मात्रै विकास हुने प्रवृति बढेकोले त्यस्ता जनविरोधी कार्य हुन नदिन आफू समेत सचेत रहने प्रमुख जिल्ला अधिकारी गौतमले बताए । विकास निर्माण लगायतका सामाजिक कार्यहरुका लागि निर्माण हुने उपभोक्ता समितिको गठनमा समेत विवाद हुने गरेकोले आपसी समझदारीका साथ आफ्नो गाउँ–ठाउँको विकासकालागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।
गैर कानूनी कार्य गर्ने जो कोहीलाई कार्वाही गर्न–गराउन आफूहरु प्रतिवद्ध रहेको भन्दै सबै पक्षले आ–आफ्नो दायित्वलाई बुझेर काम गर्न उनले आग्रह गरे । ‘नियम कानूनलाई हातमा लिने छुट कसैलाई पनि छैन, गल्ती गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन हामी प्रतिवद्ध र्छौ’ प्रमुख जिल्ला अधिकारी गौतमले भने ‘स्थानीय निकायका कर्मचारीमाथि भएको दुव्र्यहार एवम् हातपातको घटनालाई हामीले गम्भीर रुपमा लिएका छौं ।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा राजनीतिक दलका नेताहरुले चासो नलिएकोमा दुःख व्यक्त गर्दै उनले भने ‘गणतन्त्र दिवसमा सम्पूर्ण राजनीतिक दललाई आमन्त्रित गरेका थियौं तर सहभागिता नहुनुले दुःख लागेको छ ।’ प्रशासनिक निकायले आफ्नो दायित्व पुरा गर्दैआएको भन्दै उनले गणतन्त्र दिवस राजनीतिक दल, नागरिक समाज, वुद्धिजिवि लगायत सबै पक्षले विशेष महत्व दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले लामो समयदेखि स्थानीय निकायको चुनाव हुन नसकेका कारण विकास निर्माणले गति लिन नसकेको बताए । संविधानमा देखिएका त्रुटीहरुलाई सच्याएर स्थानीय निकायको निर्वाचनकालागि अग्रसर हुनुपर्नेमा जोड दिँदै उनले भने ‘जनप्रतिनीधिको जिम्मेवारी समेत गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकासका अधिकारीमाथि थपिएको छ, जनताले समयमा सेवा सुविधा प्राप्त गर्न सकिरहेको छैन ।’
नेपाल निजामती कर्मचारी युनियन संघका जिल्ला सह–अध्यक्ष रामकुमार यादवले प्रहरीकै सामुन्नेमा स्थानीय निकायका कर्मचारी कुटपीट गर्दै लेटरप्याड, छाप, रसिद लुट्दा पनि हालसम्म दोषीलाई कार्वाही हुन नसकेकोमा आक्रोश व्यक्त गरे । नियम कानूनलाई हातमा लिनेहरुलाई कार्वाही नभए आफूहरुले स्थानीय निकाय ठप्प पार्ने चेतावनी समेत उनले दिए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, लोकतान्त्रिक सरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष अर्जुन कुमार यादवलगायतले मन्तव्य व्यक्त गरे । निमित स्थानीय विकास अधिकारी प्रदीप बहादुर सिंह यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन कमलेश्वर बिराजीले गरे ।
यस अघि गणतन्त्र दिवसको अवसरमा प्रभातफेरीको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सुरक्षा निकायको व्यापक सहभागिता रहेको थियो ।