• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सिरहामा खानेपानीको हाहाकार, झुठो आश्वासन बाँड्दै प्रचण्ड

सिरहामा खानेपानीको हाहाकार, झुठो आश्वासन बाँड्दै प्रचण्ड

राम नारायण पंडित, मुकेश यादव
सिरहा, १५ वैशाख । सिरहामा खानेपानीको हाहाकार भएको छ ।
बढ्दो गर्मीसँगै खानेपानीका मुहान सुक्न थालेपछि सिरहाको गोविन्दपुर, बस्तीपुर, धनगढी, नैनपुर, चन्द्रोदयपुर र जमदह लगायतका स्थानहरुमा खानेपानीको चरम अभाव भएको छ । बस्तीमा रहेका खानेपानीको स्रोतहरु रहेका ईनार, ट्युबेल र धारा सुकेपछि खानेपानीका लागि अर्को बस्तीमा धाउनुपर्ने बाध्यता रहेको स्थानीय एमाओबादी नेता देवनारायण महतोले गुनासो पोखे । बिगत ७ बर्ष देखी बिभिन्न निकायले आशा दिई निरास मात्रै गर्ने गरेको महतोले बताए । “गाउँमा खानेपानीका लागि ट्युबेल जडान हुँदैन, गाउँमा रहेका २० वटा इनार मध्ये १७ वटा सुकिसकेको छ,” स्थानीय ज्ञयान कुमार सिंहले भने – “खानेपानीको समस्या भएपछि खानेपानीका लागि दुई किलोमिटर दुरीको अर्को बस्तीमा पुग्नु पर्ने बाध्यता छ ।”
ईनारका लागि पटक पटक प्रयास गरिए पनि सम्बन्धित निकाय मौन देखिएको उनको भनाई छ । त्यस्तै, गोलबजार १० स्थित धरमपुर खानेपानिको स्रोत नहुदा घुर्मी खोलामा कुवा उतखन्न गरी करिब ४० घरधुरीले सिमित मात्रामा दैनिक ६० लिटर पानी मात्र उपभोग गर्ने गरेको छ । यता, मगर, महतो, साह, मुसहर र डोम जातिको करिब दुई सय घर बसोबास रहेको चन्द्रोदयपुरमा पानीको स्रोतको रुपमा २ वटा कुवा मात्र संचालनमा रहेका छन् । सार्वजनिक र निजी गरी ३ वटा इनार रहेपनि पछिल्लो ५ वर्षदेखि एक सार्वजनिक र दुई वटा निजी गरी ३ वटा इनार सुकेका छन् । बाँकी रहेको एउटा निजी इनारमा समेत पानी सुक्न लागेपछि स्थानीय जनता चिन्तित बनेको स्थानीय कामेश्वर साहले बताए ।
गोलबजार ९ मा फेकन महतोको इनारमा करिब २० घर परिवारले पालैपालो पानी थाप्ने गरेका छन् । त्यो इनारमा समेत पचास साठी फिट मुनिबाट अलिअलि पानी आउने गरेको छ । साह भन्छन्– “इनारको पानी धमिलो आउने गरेपनि पानी लिन स्थानीयवासीको भीड लाग्ने गरेको छ ।” उत्तरी क्षेत्रमा खानेपानीको चरम अभाव भएपछि केही महिनाअघि तत्कालीन सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विक सहितको सरकारी टोलीले स्थलगत अवलोकन समेत गरेको थियो । यता, सिरहा क्षेत्र नं. ५ का निर्वाचित सांसद पुष्पकमल दहाल प्रचण्डले सिरहा लगायत तराईका उतरी क्षेत्रमा खानेपानीको समस्या रहेकोले यसलाई चाँडै समाधान गर्ने पटक पटक भाषणबाजी गरेपनि ब्यबहारमा नदेखिएको स्थानिहरुको गुनासो रहेका छन् ।
एमाओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले चुनाबको समयमा झुठो आश्वासन दिई मत लिएकोले अब देखि यस्तो आश्वासनमा नठगिने बताउँदै स्थानियहरु सरकारको रबैया प्रति आक्रोश समेत व्यक्त गरे । त्यस्तै, नेपाल सरकारका सिचाई मन्त्रि उमेश यादबले अनुगमनका क्रममा खानेपानीको समस्या तत्काल अन्त गर्ने बताएपनि कुनै कार्य अगाडी नबढेको बताईएको छ । खानेपानीको समस्या उक्त क्षेत्रमा बर्षै देखि रहेपनि कुनै सरोकारबालाले यसप्रति चासो नदेखाउँदा स्थानियहरु निराश बनेका छन् ।
सिरहा ५ बाट प्रचण्डले चुनाब जितेपछि स्थानयि जनामा केहि आशा पलाएपनि अहिले आएर निराश बनेका छन् । खानेपानिको समस्या समाभान गर्नका लागि सिरहाका सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराएपनि कसैले चासो नलिएको कुनै सरोकारबालाले यसप्रति चासो नदेखाउँदा स्थानियहरु निराश बनेका छन् । सिरहा ५ बाट प्रचण्डले चुनाब जितेपछि स्थानयि जनामा केहि आशा पलाएपनि अहिले आएर निराश बनेका छन् । खानेपानिको समस्या समाभान गर्नका लागि सिरहाका सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराएपनि कसैले चासो नलिएको देखिन्छ ।