• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नारा विवादका बीच सप्तरीमा नारी दिवस मनाईयो

नारा विवादका बीच सप्तरीमा नारी दिवस मनाईयो

राजविराज, २५ फागुन । १०६ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा तय गरिएको नारा सम्वन्धि विवादका बीच र्याली तथा मञ्चीय कार्यक्रम सम्पन्न भएको छ ।
‘संविधानलाई ब्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं’ भन्ने नारा र ‘संविधान सुधारौं र ब्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौ’ भन्ने छुट्टा–छुट्टै नाराका साथ अन्तराष्ट्रिय महिला दिवस मनाइएको हो । आन्दोलनरत मधेशवादी दल निकटका महिला सङ्गठनहरुले ‘संविधानलाई ब्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ र्याली निकालेका छन् । 1 (1)
यता मूल समारोह समितिले भने दिवसको संविधानवाला राष्ट्रिय नारा बिना नै कार्यक्रम आयोजना गरेको थियो । राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएको र्यालीमा अगाडि मधेशवादी दलका महिलाहरुको जुलुस रहेको थियो भने त्यसपछि समग्र विकास केन्द्रको व्यानरमा महिला प्रहरीसमेतको सहभागितामा राष्ट्रिय नाराकासाथ जुलुस निकालिएको थियो ।1 (3)
नगरको विभिन्न भाग परिक्रमा पश्चात र्याली जिल्ला विकास समिति सप्तरी सभाकक्षमा पुगेर टुङ्गिएको थियो । सभाकक्षमा आयोजित मञ्चीय कार्यक्रममा विभिन्न महिलाहरुलाई सम्मानित समेत गरिएको थियो । मधेशी महिलाहरुले राष्ट्रिय नाराको व्यापक विरोध जनाएका थिए ।
यस अघि संघीय समाजवादी महिला फोरम, नेपालले गत विहीबार प्रमुख जिल्ला अधिकारी नारायण भट्ट मार्फत नारा सच्याउन महिला तथा वालवालिका मन्त्रालयलगायत विभिन्न मन्त्रालय तथा मानवअधिकार आयोगमा ज्ञापन पत्र पठाएका थिए ।