चाँदीसहित भारतीय नागरिक पक्राउ

चाँदीसहित भारतीय नागरिक पक्राउ
Bwtech New Add With Software & Bull SMS

राजविराज, २१ माघ । अवैध चाँदीसहित एक भारतीय नागरिक विहीवार सप्तरीमा पक्राउ परेका छन् ।
मधुवनी जिल्ला रामनगर घर भएका १७ वर्षिय सुमित कुमार मेहतालाई राजविराज नगरपालिका वडा नम्वर ३ स्थित कुनौली मोडमा आसपास क्षेत्रबाट जिल्ला पं्रहरी कार्यालयले पक्राउ गरेको हो । राजविराज लगायत आसपासका गाविस एरिया ईलाका शान्ति सुरक्षाको अवस्था बुझ्नकोलागि  सादा पोशाकमा खटिएको गस्ती प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा पाइन्टको दाहिने र बायाँ दुबै गोजीमा लुकाईछिपाई बोकेको अवस्थामा चाँदीको ढिक्का ९० तोला १० आना र चाँदीको टुक्राहरु २५ तोला ७ आना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चाँदीसहित उनलाई आवश्यक कार्वाहीकालागि भन्सार कार्यालय तिलाठीमा बुझाईएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *