• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशी जनता थाकेको छैन, नयाँ ढङ्गको आन्दोलन हुन्छः अध्यक्ष महतो

मधेशी जनता थाकेको छैन, नयाँ ढङ्गको आन्दोलन हुन्छः अध्यक्ष महतो

शक्ति सञ्चय गरेर नयाँ ढङ्गको आन्दोलनको तयारी

राजविराज, २१ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले जारी आन्दोलनको समिक्षा गरेर शक्ति सञ्चय गर्दै नयाँ ढङ्गको आन्दोलन गर्ने बताएका छन् ।
विहीबार न्यूज टुडेसँगको संक्षिप्त कुराकानीका क्रममा उनले यस्तो कुरा बताएका हुन् । पौने ६ महिनासम्म शान्तिपूर्ण आन्दोलन गर्दा पनि राज्यले बेवास्ता गरेर दमन गर्दैआएको प्रष्ट पार्दै उनले भने ‘आन्दोलनको समयावधी लामो भएका कारण मोर्चाको अब बस्ने बैठकले समिक्षा गर्दै नयाँ ढङ्गको आन्दोलन तय गर्नेछौं । मधेशका बच्चादेखि बृद्धसम्मकाले प्रमुख तीन दलको चरित्रलाई राम्रोसँग चिनिसकेको भन्दै अध्यक्ष महतोले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए । नश्लवादी चिन्तनबाट ग्रसित शासकवर्ग क्रुर एवम् गैरजिम्मेवार रुपमा प्रस्तुत हुँदैआएको भन्दै सदभावना अध्यक्ष महतोले ‘पटक–पटकका सम्झौताहरु कार्यान्वयन नगर्ने तथा अन्तरिम संविधानमा लेखिएका कुराहरु समेत हटाएको छ’ भने ।  madhesi-neta-lalu-yadav-408x252
लामो आन्दोलनले गर्दा सर्वसाधारण जनताले खेपिरहेको पीडालाई आफूहरुले नजिकबाट हेरिरहेको बताउँदै उनले भने ‘जारी आन्दोलनलाई समाप्त पार्न राज्यले भ्याएसम्मको बल प्रयोग गर्दैआएको छ तर मधेशी जनता थाकेको छैन ।’ नाकाहरु बिस्तारै स्वस्फूर्त रुपमा सुचारु हुँदैगएको छ नि ? भनी सोधिएको जिज्ञासामा अध्यक्ष महतोले पर्साको बीरगञ्ज बाहेकका नाकाहरु खुल्ला छ, कि त सम्पूर्ण नाकाहरु बन्द गर्नुपर्छ, एउटा मात्र नाका बन्द गरेर हुँदैन  । शक्ति सञ्चय गर्दै वार या पारको निर्णायक आन्दोलन गर्नुपर्ने आवश्यकता रहेकोले मोर्चाले तीन–चार दिनभित्रै समिक्षा गरेर ठोस निर्णय लिने जानकारी दिए ।
सम्पूर्ण मधेशवादी शक्तिहरु बीच कार्यगत एकता भएर महागठबन्धन बनाएर थप सशक्त आन्दोलन गर्नुपर्ने कुरा मधेशमा चौतर्फी रुपमा उठिरहेको छ नि ? भनी सोधिएको प्रश्नमा अध्यक्ष महतोले आफूहरुले मधेशी जनताको भावनालाई सम्मान गर्दै मोर्चाले हदैसम्मको लचकता बनाएर महागठबन्धन गर्ने तयारीमा रहेको बताए । जारी आन्दोलनका क्रममा सहीदहरुको बलिदानी एवम् मधेशी जनताको त्याग समर्पणलाई खेर जान नदिनकालागि जस्तोसुकै संघर्ष पछि नहट्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

मधेश विरोधी मिडियाहरुले मधेशको कुरा खराब लाग्नु स्वाभाविक हो, कोइराला, दाहाल, खनाल भारतीय नेतासँग भेट्न जाँदा लम्पसार नहुने तर हामी जाँदा लम्पसार हुने ?’ भारतसँग सदियौंदेखि मधेशी जनताको बेटीरोटीको मात्र नभई रगतको सम्बन्ध रहेकोले समर्थन जुटाउन भारतीय नेताहरु कुराकानी गर्न भारत गएको उनले बताए । भारतीय जनता दलका अध्यक्ष एवम् विहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवसँग मधेश आन्दोलनको सन्दर्भमा कुराकानी भएको र त्यस क्रममा वहाँले दिल्ली गएर मधेशको माग सम्बोधन गर्न सरकारलाई दबाव दिने प्रतिवद्धता व्यक्त गरेको नेता महतोले जानकारी दिए ।12418039_10205810853138347_8170427751467524820_n

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु भारतको विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलगायतका नेताहरुकहाँ लम्पसार पर्न गएको भनी विभिन्न मिडियाहरुमा समाचार सार्वजनिक भएको छ, केहो वास्तविकता ? न्यूज टुडेसँगको संक्षिप्त कुराकानीमा प्रतिप्रश्न गर्दै उनले भने ‘मधेश विरोधी मिडियाहरुले मधेशको कुरा खराब लाग्नु स्वाभाविक हो, कोइराला, दाहाल, खनाल भारतीय नेतासँग भेट्न जाँदा लम्पसार नहुने तर हामी जाँदा लम्पसार हुने ?’ भारतसँग सदियौंदेखि मधेशी जनताको बेटीरोटीको मात्र नभई रगतको सम्बन्ध रहेकोले समर्थन जुटाउन भारतीय नेताहरु कुराकानी गर्न भारत गएको उनले बताए । भारतीय जनता दलका अध्यक्ष एवम् विहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादव र नेता सुशील मोदीसँग मधेश आन्दोलनको सन्दर्भमा कुराकानी भएको र त्यस क्रममा वहाँहरुले दिल्ली गएर मधेशको माग सम्बोधन गर्न सरकारलाई दबाव दिने प्रतिवद्धता व्यक्त गरेको नेता महतोले जानकारी दिए ।
मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तपाइँ बीच मतान्तर छ, आमने–सामने कुराकानी पनि भईरहेको छैन भनी चर्चा छ नि ? ‘ यो खसवादी मिडियाहरुले गरेको दुष्प्रचार गरेर झगडा लगाउने काम मात्र हो, चार दिनदेखि उपेन्द्रजी र म सँगै छु, भ्रममा नपरी निर्णायक आन्दोलनको तयारीमा जुट्न आममधेशी जनतासँग मोर्चाको आग्रह छ ।’