सिरहा, ११ माघ । सवरी संकल्प समाज सिरहाद्धारा आयोजित छैठो माटो दिवसमा मुसहर समुदायको पहिलो सहायक वन अधिकृत चन्देश्वर सदालाई दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।
गरिबी र अशिक्षामा व्याप्त मुसहर जातीय हित र अधिकारको निम्ति व्यक्तिगत र जातीगत रुपमा परिवर्तनकोलागि सक्रियतापुर्वक कार्य गरेको भन्दै सदालाई मुसहर जातीका पुरोहीतले माटोको टिका लगाएर तथा गोविन्दराज विष्टले दोसलाओढाई सम्मान गरिएको हो । सम्मानित चन्देश्वर सदाले गरिवी र अभावबाट पिल्सिएको मुसहर समुदाय अधिकांश चाहनाहरु गरिवीको कारण उच्चशिक्षा पुरा गर्न नसकेको र जागिरको अवसर पाउन नसकेको अवस्था रहेको बताए । उनले समाजिक रुपमा माटो दिवसमा गरिएको यो सम्मानले मुसहर जातीको परिवर्तनको लागि जिम्मेवारी थपिएको बताए ।