• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज जेसीजको पदस्थापन समारोह सम्पन्न

राजविराज जेसीजको पदस्थापन समारोह सम्पन्न

राजविराज, ८ माघ ः राजविराज जेसीज वर्ष २०१५ का अध्यक्ष जेसी दीपेन्द्र कुमार दासको अध्यक्षतामा बिहीबार साँझ जेसीज भवनमा ४१ औं पदस्थापन समारोह सम्पन्न भएको छ ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जगत बहादुर पोखरेलको प्रमुख आतिथ्यता एंव नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर गोबिन्द सिंहको विशिष्ट आतिथ्यतामा भएको सो समारोहमा नेपाल जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष राजाबाबु साह, महेश पौडेल, राष्ट्रिय महासचिव विष्णु बराल, निरुपित राष्ट्रिय उपाध्यक्ष विश्वास रायमाझी, उपाध्यक्ष बिजय सिटौला एंव राजविराज जेसीजका पूर्व अध्यक्षहरु गजराज तातेड, गोबिन्द काबरा, शंकर शारदा, मनोहर कुमार पोखरेल, लहान सिटी जेसीजका अध्यक्ष विकाश शारदा, नवनिर्वाचित पदाधिकारीहरु सञ्चारकर्मीसहित एकसय जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पूर्व मेयर शैलेश चौधरी, राधेश्याम रमण, शैलेन्द्रचन्द्र झा, पत्रकार राजेश झा, अरुण तिवारी, धर्मपाल राउत, किसुनदेव यादव, सनराइज बैंकका प्रबन्धक रोहित महासेठ, प्रकाश श्रेष्ठ, नेपाल सहकारी संस्थाका अध्यक्ष शत्रुघ्न गुप्ता, बैधनाथ यादव, सुनिल सिंघीलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी पोखरेल, विशिष्ट अतिथी सिंह र निरुपित उपाध्यक्ष रायमाझीले मन्तव्य राख्नु भयो । कार्यक्रममा मिथलेश देवले आस्था पाठ गर्नुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जेसी मिलन सिंहले जेसीजको विधान, भावना र मान्यताअनुरुप जेसीज अभियानालाई सशक्त ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै शान्ति र समृद्धिका लागि जिम्मेवार यूवाहरुको निर्माण गर्न र वर्ष २०१६ लाई उपलब्धिमूलक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पदस्थापन समारोहको समुदघाटन गर्दै प्रमुख अतिथी पोखरेलले युग हाँक्ने युवा नै भएकोले जेसीजले देशव्यापी अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले नेतृत्व र व्यक्तित्व विकास गराउने जेसीजका युवाहरु आर्थिक समुन्नति र विधिको शासन कायम गराउन सक्षम रहने विश्वास व्यक्त गर्दै राजविराज जेसीजका निवर्तमान अध्यक्षलाई राष्ट्रिय अध्यक्षको सल्लाहकारका रुपमा मनोनयन गरिएको घोषणा गर्नुभयो ।
नवनिर्वाचित कमिटीको कार्यकारी उपाध्यक्षमा मिथलेश देव, प्रसन्न गजुरेल, संजय दास, कानुनी सल्लाहकारमा सन्तोष सिन्हा, महासचिवमा दिपेन्द्र कुमार यादव, कोषाध्यक्षमा कृष्णकुमार देव, सहसचिवमा उमेशचन्द्र यादव, उपाध्यक्षमा इमरान अली, प्राकृत कोइराला, इन्द्रसागर गुप्ता, उमेश यादव, होमेश काबरा, बैधनाथ मण्डल, जनसम्पर्क अधिकारीमा ललित मण्डल, शाखा सम्पादकमा सिद्धार्थ तातेड, तालिम संयोजकमा तुलानाथ माझीलगायत रहनुभएको छ ।