राजविराज, ५ माघ । बलिदानी दिवसको अवसरमा मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीद्वारा मङ्गलवार रक्तदान कार्यक्रम आयोजना गरियो ।राजविराजस्थित रक्तसञ्चार केन्द्र परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक दर्जनले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा सदभावना पार्टीका केन्द्रीय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, सदभावना पार्टीका क्षेत्रिय संयोजक लक्ष्मण यादव, युवा विद्यार्थी मोर्चाका जिल्ला संयोजक तारकेश्वर प्रसाद यादव, मधेश रक्षा बाहिनीका जिल्ला अध्यक्ष बिनोद कुमार यादव, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष सञ्जय कुमार यादव, संघीय समाजवादी फोरम नेपालका युवा नेता केदार प्रसाद यादव, युवा फोरमका केन्द्रीय सदस्य उमेश यादव, विद्यार्थी फोरमका रोशन यादव, तराई मधेश सदभावना पार्टीका विद्यार्थी नेता सर्वेश कुमार झा, अमरजङ्ग साह लगायतकाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा मोर्चाका केन्द्रीय तथा जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।