सिरहाको मिर्चैयामा बेवारिसे शव

सिरहाको मिर्चैयामा बेवारिसे शव
Bwtech New Add With Software & Bull SMS

श्रीकान्त झा
सिरहा, ५ माघ । सिरहामा सिरहाको मिर्चैया नगरपालिका वडा नम्वर–८ स्थित फुलबरिया जाने कच्ची सडक नजिक वेवारिसे शव फेला परेको छ ।
ईलाका प्रहरी कार्यलय मिर्चैयाको प्रहरी नायव उपरिक्षक श्याम सिंह चौधरीले दिएको जानकारी अनुसार कालो ज्याकेट, हरियो भेष्ट, कालो चप्पल लगाएको मधेसी अनुहारका अन्दाजी ४० वर्षिय यूवाको शव फेला परेको छ । नाम वतन नखुलेको उनको शवलाई पोष्टमार्टमको लगि लहान अस्पतालमा राखिएको छ ।
सिरहामा केहि दिनदेखि अपराधिक क्रियाकलापमा वृद्धि भएको छ । मधेश आन्दोलनमा प्रहरी केन्द्रीत भएपछि सिरहाको मिर्चैया सहितका स्थानहरुमा अपराधिक क्रियाकलापमा वृद्धि भएको स्थानियको गुनासो छ । केही साता देखि बम विस्फोटका घटना भईरहँदा जिल्लावासीमा त्रासको अवस्था सिर्जना भएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *