रामसेवक यादव,
भारदह, २२ असोज ।
भारदह, २२ असोज ।
सप्तरीको भारदहमा आन्दोलनकारीहरुले शुक्रवार भैंसी जुलुस प्रदर्शन गरेका छन् ।
जुलुसमा ‘यी नेताहरुको बुद्धि कस्तो ? भैंसी जस्तो कालो’ नाराबाजी गर्दै भारदह र पोर्ताहा बजार परिक्रमा गरिएको छ । परिक्रमा पछि आयोजित विरोधसभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जगदेव यादवले आन्दोलन सशक्त नबनाएसम्म काठमाण्डौमा रहेको सरकारले नसुन्ने बताउँदै आन्दोलनलाई थप सशक्त बनाउन आह्वान गरे । भारदह–पोर्ताहा मोर्चाका संयोजक विरेन्द्र माझीको अध्यक्षतामा आयोजित विरोधसभाको सञ्चालन श्यामदेव यादवले गरेका थिए ।