• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा पाँच बर्षकी बालिकालाई करणी गरेको आरोपमा १८ बर्षीय युवक पक्राउ

सप्तरीमा पाँच बर्षकी बालिकालाई करणी गरेको आरोपमा १८ बर्षीय युवक पक्राउ
न्यूज टुडे
राजविराज,१६ जेठ । 
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ४ लालपट्टीमा पाँच बर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  स्थानीय १८ बर्षीय राजिव यादवलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । 
स्थानीय पोखरीको डिलमा रहेको बाँसघारीमा चकलेट दिएर ललाई फकाई बालिकालाई करणी गरेको बालिकाको आमाले दर्ता गरेको जाहेरीको आधारमा युवकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बालिकाले हो-हल्ला गरेपछि पोखरीमा भाडाकुडा सफागर्ने महिलाहरुले सुनेर घटना स्थलमा पुग्दा फरार भएको यादवलाई खोजतलास गर्ने क्रममा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले सप्तरीले जनाएको छ । 
पक्राउ परेका युवकमाथि जबर्जस्ती करणी कसुरमा मुद्दा  दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ३ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले बताए । 
यसैगरी एक युवतीको अपहरणको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा कर्जनाहा नगरपालिका ३ का ४२ बर्षीय  आनन्द दास तत्मा, बर्ष ५० की राम कुमारी देवी र सिरहा नगरपालिका ९ को बर्ष ५० की शिव सुनैर देवी छन् । 
स्थानीय संगीता कुमारी मण्डललाई राजविराज ८ स्थित आमालाई भेट्न आएको बेला जबर्जस्ती अपहरण तथा शरीर बन्धक बनाएको आरोप उनीहरुमाथि छ । उनीहरु विरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ । 
यस्तै चोरीको आरोपमा बोदेबर्साइन नगरपालिका ५ का बर्ष १९ को शिव कुमार सदा पक्राउ परेका छन् । खडक नगरपालिका ५ बाट भैंसी चोरी गरेको आरोपमा सदालाई प्रहरी नियन्त्रणमा लिएको जनाएको छ । 
पक्राउ परेका सदा विरुद्ध चोरी कसुरमा मुद्दा  दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।