• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मियाको अध्यक्षमा अजिजुल अली
उत्तम आचार्य 
कञ्चनरुप, १४ जेठ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर स्थित जामिया इस्लामिया विद्यालयमा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन गरिएको छ । बुधबार बसेको समितिको बैठकले अध्यक्षमा अजिजुल अलीलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
गठित समितिको सदस्यहरुमा नजिर हुसेन अली, आसिका    खातुन, नगिना खातुन, हैदर अली (शिक्षक प्रतिनिधि) र  सेराज खाँ (सदस्य सचिव) मा चयन भएका छन् । 
कार्यक्रममा बोल्दै  प्रमुख अतिथि वडा सदस्य जैनुद्दिन मियाँले शिक्षा क्षेत्रको विकासकामा जोड दिए । उनले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र भौतिक पूर्वाधार विकास गर्न नयाँ समितिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।