न्यूज टुडे
राजविराज,१३ जेठ ।
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीले प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन ) लाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत संघले बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबार काठमाडौ ज्ञापनपत्र पठाएको हो ।
जिल्ला अध्यक्ष राम नरेश सिंहको नेतृत्व पुगेका ज्येष्ठ नागरिक जिल्ला संघका पदाधिकारीहरुले दुई बुँदे माग राखी प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मर्मत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
मन्त्रालयको नाममा ज्येष्ठ नागरिक भन्ने शब्द नहटाइयोस, ज्येष्ठ नागरिक ऎन २०६३ ( संशोधन २०७९) सहित र ज्येष्ठ नागरिक नियमावली २०६५ मा उल्लेख भए बमोजिम ज्येष्ठ नागरिक संघसंस्थालाई कुण्डित हुने गरि ज्येष्ठ नागरिक शब्दलाई हटाइएको हुँदा उक्त शब्दलाई यथावत समाबेश गर्न ज्ञापनपत्रमा जोडदार माग गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको गम्भीर ध्यानाकर्षण गराइएको ज्ञापनपत्रमा शान्तिपूर्ण संघर्षबाट सुनुवाइ नभए देशव्यापी सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
प्रधानमन्त्री शाह नेतृत्वको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक शब्द हटाएर अन्य राखिएकोप्रति आपत्ति जनाएको ज्ञापनपत्रमा देशका लागि योगदान गरेका ३० लाख ज्येष्ठ नागरिक अगुवाको अपनाउन गरेको तथा सरकारको निर्णयले लाखौं ज्येष्ठ नागरिकहरुको अबमुल्यन भएको जनाइएको छ ।